stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

कोरोना देखि सजग रहन विवेकको आग्रह

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल चैत्र १८, २०७६ मंगलबार

काठमाडौं । नेपाल कम्यूनिष्ट पाटीका काठमाडौं जिल्ला सदस्य महेश्वर फूयाल विवेक एक विगयाप्ती पकाशित गर्दै सर्वसाधारणमा कोरोना भाइरसको संक्रमणबाट सजग रहन आग्रह गर्दै भनेका छन् – आदरणीय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा अभिवादन एबं नमस्कार ! यतिबेला सिंगो विश्व मानव जगत कोरना भाईरसको चपेटामा छ ।

अहिले यतिबेला सम्म बिश्वका कुल ७,८५,७७५ ब्यक्तिमा यो भाईरसको संक्रमण देखा परेको छ, १,६५,६०७ जना निको भएर घर फर्केका छन् भने ३७,८१५ जना कोरनाका कारण मृत्युको सिकार बनेका छन् ।

विश्व मानव जाति आज यो भाईरस सँगको लडाईमा जीवनमरणको संघर्षमा छ । बिश्वास छ विश्व ब्यापि मानव जातिको एकता र सहकार्यमा अन्तत मानव जातिले बिजय हासिल गर्ने छ र कोरना भाईरसले हार्ने छ ।

नेपालमा पनि यो भाईरसले प्रबेश गरि सकेको र हालसम्म ५ जनामा संक्रमण देखा परि सकेको बिद्यमान अबस्थामा हामी सबै सजक, सतर्क र संयमित रूपमा अघि बढ्नुको बिकल्प छैन् । सकारले लक डाउन घोषणा गरेको एक हप्ता बितिसकेको छ भने अर्को एक हप्ता लकडाउन थप भैसकेको छ ।

यतिबेला जति बढी हामी अनुशासन पुर्वक लकडाउनको पालना गर्ने छाै त्यो नै कोरना बिरूद्वको महत्वपुर्ण जन अभियान हुने छ । यो बेला राज्यलाई अनाबश्यक गालि गलाैज गर्ने भन्दा नि एक जिम्मेवार नागरीकले आफ्नो कर्तब्य पूरा गर्ने समय पनि हो भन्ने तथ्यलाई हरेकले मनन पनि गराै । सबै मानिस घर भित्रै सुरक्षित बसाै र सुरक्षित बस्न अभिप्रेरित पनि गराै ।

अनावश्यक काममा घरबाट बाहिर ननिसक्ने मात्र हैन कि केही काम बनाएर वा देखाएर पनि घर बाहिर ननिस्कनुहोला । कोरना घर सम्म आउदैन तर बाहिर निस्कदा यस्ले कसैलाई पनि छोड्दैन भन्ने तथ्यलाई मनन गराै । राज्यलाई सक्ने सहयोग गराै ।

गरिब, बिपन्न र आश्रित परिवारका सन्दर्भमा राज्यले दिने राहतलाई ब्यवस्थित गराै । राहत प्राप्त गर्नका लागि परिभाषित आश्रित परिवार बाहेक एक जनालाई पनि नदिउँ र नलिउँ पनि । यतिबेला मानबता प्रकट गर्नु पर्ने संकटको बेला हो ।

सबै एक जुट बनाै । समाजिक सञ्जाल र ईलेक्ट्रोनिक मिडियालाई ठिक ठिक ढंगले सदुपयोग गराै । बिषेश गरि भबिश्यका कर्णधार बालबालिका बिषयमा सबैले उचित रूपमा सोचाै, बृद्धअबश्था रहनु हुने बुवा आमा तथा जेष्ठ नागरिकहरूको उचित स्याहार सुसारमा ध्यान पुर्याउ । एसईई परीक्षा तयारीमा रहेका भाईवहिनीहरूमा परीक्षा तयारीका लागि यो समयलाई उपयोग गर्न उत्प्रेरित गराै ।

संकटको यस घडिमा आफ्नो ज्यान हत्केलामा राखेर अहोरात्र खटिनु हुने सरकारका जिम्मेवार तथा परिभाषित प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी साथिहरू, सुरक्षाकर्मी मित्रहरू लगायत जिम्मेवारी प्राप्त अधिकारीहरू समेतको कामका लागि हार्दिक नमन, धन्यवाद तथा आभार ब्यक्त गर्दछु ।

बिपत्तिको दुस्चक्रमा फसेको सिंगो मानव जातिको अस्तित्व र भबिस्यका खातिर सामाजिक एकता र सद्भावलाई अझै बलियो बनाई हातेमालो गर्दै आधारभुत तहका नागरिकहरूको गाँस, बाँस, कपास लगायतका समस्या समाधानका लागि ठोस कदम चाल्न नेकपा काठमाडौं मातहतका स्थानीय सरकार, जनप्रतिनिधि र पार्टीका स्थानिय स्तरका पार्टी कमिटी र पार्टी सदस्यहरूलाई अनुरोध गर्दछु ।बिपतको यस घडीमा हमेसा मलाई माया गर्नु हुने आदरणिय जनसमुदायको दुःख/कष्ट, पिरमर्का र सबैखाले समस्या र चुनाैतिमा हमेसा तपाईंहरूको साथमा रहने छु ।

मेरो आबश्यक्ता पर्दा र मैले गर्न सक्ने सहयोगका लागि म सधै प्रतिबद्ध पनि छु । तपाईंको हरेक दुःख र समस्यामा एक असल साथि, छोरो, दाइ/भाईको रूपमा मलाई सम्झनुहोस् म जुनकुनै पल पनि सहयोगको लागि तत्पर छु ।

सम्पर्कको लागि मेरो मोबाइल नम्वर ९८५११६२४६४ धन्यवाद – महेश्वर फुयाल (विवेक) नेकपा काठमाडौं जिल्ला कार्यालय सदस्य

prabhu mahalaxmi
kumari bank
kumari