stcnepal long ad
global ime bank long

सुनको मूल्य फेरी एक हजार पाँच सय घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार,६ चैत्र २०७६

काठमाडौँ । केही दिन देखि ओरालो लागेको सुनको मूल्य हिजो प्रतितोला १ हजार रुपियाँ बढेको भएपनि आज फेरी प्रतितोला १ हजार पाँच सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७५ हजार, तेजावी सुन प्रतितोला ७४ हजार ७ सय र चाँदी भने अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपियाँ घटेर ६ सय ८० रुपियाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार छापावाल सुन ७६ हजार ५ सय, तेजावी सुन ७६ हजार २ सय र चाँदी ७ सय १० रुपियाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर रहँदै प्रतितोला ७ सय १० रुपियाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार मंगबार अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार रुपियाँ घटेर छापावाल सुन प्रतितोला ७५ हजार ५ सय, तेजावी सुन ७५ हजार २ सय र चाँदी ७ सय १० रुपियाँमा कारोबार भएको थियो । गत शुक्रबारको तुलनामा चैत २ गते आइतबार प्रतितोला १५ सय रुपियाँ घटेको छापावाल सुनको मूल्य सोमबार भने प्रतितोला ५ सय रुपियाँले बढेको थियो । महासंघका अनुसार सोमाबार छापावाला सुन प्रतितोला ७७ हजार पाँच रुपियाँ र तेजाबी सुन प्रतितोला ७७ हजार २ सय रुपियाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य स्थीर रहँदै हिजो प्रतितोला ७ सय ९० रुपियाँमा कारोबार भएको थियो ।

चैत २ गते आइतबार भने छापावाला सुन प्रतितोला ७७ हजार रुपियाँ र तेजाबी सुन प्रतितोला ७६ हजार ७ सय रुपियाँमा कारोबार भएको थियो । गत शुक्रबार अघिल्लो दिनको तुलनामा एकै दिन प्रतितोला ३ हजार रुपियाँ घटेर छापावाल सुन प्रतितोला ७८ हजार ५ सय रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार कोरोना भाइरसको प्रभावले अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी सुरु भएकोले सेयर मार्केटमा भारी गिरावट आउँदा सुनको भाउमा पनि भारी गिरावट आएको हो ।

अन्तराष्ट्रिय बजारमा डलरको मजबुत हुन गई सुनको भाउमा भारी गिरावट आएको, डलरको तुलनामा भारतीय मुद्रा पनि कमजोर भएकाले अन्तरिक बजारमा पनि सुनको भाउमा गिरावट आएको विश्लेषकहरुले बताएका छन् ।

IME Lifesidebar
kumari