stcnepal long ad
global ime bank long

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल बिहीबार,६ चैत्र २०७६
काठमाडौँ ।  एक्सेल डेभलपमेन्ट बैंकको १८% लाभांश सुरक्षित गर्ने आज बिहीबार (चैत ६ गते) अन्तिम दिन हो । बैंकले चैत २० गते हुने साधारण सभाका लागि चैत ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्दैछ । तसर्थ, बिहीबारसम्म सेयर खरिद गर्ने लगानीकर्ताले बैंकले प्रस्ताव गरेको लाभांश पाउनेछन् । बैंकले गत वर्षको १७.१०% बोनस सेयर र कर प्रयोजनका लागि ०.९०% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले ११ करोड ८४ लाख ४७ हजार २४९ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ६२ लाख ३४ हजा ६५ रुपैयाँ नगद (कर प्रयोजन) मा खर्च गर्नेछ । सभा, होटल होलिडे होम विर्तामोड, झापामा बिहान ११ बजे सुरु हुनेछ । बोनस वितरणपछि कायम चुक्ता पुँजीबाट ३०% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि छ ।

उक्त प्रस्ताव पारित भएमा कुल २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँको हकप्रद सेयर जारी हुनेछ । यता, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने–गाभिने सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि अघि सारेको छ ।

IME Lifesidebar
kumari