stcnepal long ad
global ime bank long

सरकारी छाप किर्ते मुद्दाका कसुरदार पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।सरकारी छाप किर्ते मुद्दाका कसुरदार काठमाडौं माछापोखरी बस्ने चितवन कल्याणपुरका छविलाल तामाङलाई गत प्रहरीले पक्राउ गरेको छ । सरकारी छाप किर्ते मुद्दामा १ वर्ष कैद फैसला भएका फरार कसुरदार तामाङलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौंको रातोपुलबाट पक्राउ गरेको छ । तामाङ लगायतको संलग्नतामा यातायात व्यवस्था कार्यालय वीरगंजको छाप र शाखा अधिकृतको दस्तखत किर्ते गरी मोटरसाईकल नम्बर र ब्लुबुक समेत नक्कली बनाएको मुद्दामा उनलाई उक्त कैद फैसला भएको थियो । तामाङलाई जिल्ला अदालत काठमाडौं मार्फत कारागार कार्यालय सुन्धारा पठाइएको उक्त व्यूरोले जनाएको छ ।

IME Lifesidebar
kumari