sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

मुक्तिनाथ विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकको ऋणपत्रमा आवेदन दिने साउन १२ गते मंगलबार अन्तिम दिन हो । मंगलबार कार्यालय समयसम्म यस ऋणपत्रमा आवेदन दिन सकिन्छ ।

बैंकले साउन ७ गतेदेखि १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो । यसमध्ये ५ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ ।

बाँकी ७ लाख ५० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ८.७५% ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको मुक्तिनाथ विकास बैंक डिबेन्चर जारी गरेको हो ।

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल मार्केटले गरेको छ। यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।

यस ऋणपत्रमा सी–आस्वा, मेरो सेयर तथा तोकिएको बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

बैंकको ऋणपत्रलाई केयर रेटिङ नेपालले केयर एनपी बीबीबी आइएस रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।

gold
kumari bank
nawakantipur long