सरकारकाे नेतृत्व परिवर्तन
काठमाडौ । करिब दुइ तिहाई नजिक जनमत पाएकाे नेकपा बिभाजन उन्मुख देखिन्छ । नेकपा सचिवालय,स्थायी समिति,केन्द्रिय समिति बिभाजित छ ।
नेकपा एमालेबाट बि स २०५४ फागुनमा वामदेव गाेैतम, सहाना प्रधान, सिपि मैनाली, राधाकृष्ण मैनाली लगायतले एमाले बिभाजन गरेर माले बनाए ।
एजेण्डा महाकाली सन्धि भने तर तत्कालिन कारण महाधिवेशनमा कार्यनीति लेखनमा विवाद निकालेर दल बिभाजन गरेका थिए । वामदेवले दल बिभाजन गरेर त्यसबेला धेरै फाइदा प्रचण्डलाई भयाे । संसदीय व्यवस्था विकृत भयाे । प्रचण्ड र उनकाे दल शक्तिशाली भयाे ।
बि स २०६३ मा प्रचन्ड शान्ति प्रकृयामा आए । वामदेव एमालेमा फर्किसकेका थिए । बि स २०६४ चैतकाे चुनावमा एमाले तेस्राे दल भयाे ।
१५ वर्ष महासचिब चलाएका माधव नेपालले नेतृत्व छाडे । नेैतिकता शव्द समाए । झलनाथ र वामदेवकाे जाेडी बन्याे । झलनाथ र वामदेवले एमालेलाई प्रचण्डकाे पुच्छर बनाए । एमालेका कुनै अडान र धारणाा हुदैन थिए । उनीहरु प्रचण्डका सहयाेद्धा र समर्थक बनेका थिए ।
जातिय राज्य निर्माण, गणतन्त्र, धर्मनिरपेक्ष नेपाल । झापा, माेरङ, सुनसरी देखि सुदुरपश्चिमकाे कन्चनपुरसम्म तराइका २२ जिल्लाकाे एक मधेस एजेण्डामा वामदेव, झलनाथ र माधव नेपालले कत्ति पनि अडान लिएनन । उपेन्द्र यादब र प्रचण्ड नयाँ नेपालकाे नक्सा काेर्ने हिराे र वामदेव, झलनाथ समर्थक बने । एमाले पछि-पछि लागेकाे हाे ।
बि स २०६६ बैशाख २० मा प्रचण्डले नेपाली सेनाका प्रधानसेनापति रूक्माङगत कटवाल हटाएपछि केपी र बिद्या भण्डारीकाे पहलमा साे निर्णय बदर भयाे । नेपाली कांग्रेस समर्थक मात्र बन्याे । प्रचण्ड प्रधानमन्त्रीबाट हटे । माधब नेपाल प्रधानमन्त्री बनेकाे साेही घटनाकाे उपज हाे । प्रचण्ड र उनकाे दल दाेस्राे र तेस्राे दलमा झरेकाे साेही घटना पनि एक कारक थियाे ।
संविधान सभामा प्रचण्ड र बाबुरामले १४ प्रदेश बनाउने प्रस्ताव गरे । १४ वटा जातिय राज्य निर्माण गरी नेपाल बिभाजनका लागि विधिवत जग राखे ।
तराइका २२ जिल्लाकाे एक मधेस प्रदेश बनाएर बिभाजनलाई सहज बनाउने अभियान बिरुद्ध उभिने दल एमाले थियाे । त्यसका केपी शर्मा ओली अगुवा थिए ।
झापा, माेरङ, सुनसरीलाई २ न. प्रदेशमा नराख्न अडान लिने र अखन्ड सुदुरपश्चिम राख्न अडान लिने केपी ओली थिए । कार्यकारी राष्ट्रपतिकाे प्रचण्ड सपना तुहाउने केपी थिए । नेकांले साथ दिएकाे हाे ।
करिब ३० बर्षदेखि बिना निर्वाचन एकलाैटी दलकाे नेतृत्वमा रहेका प्रचण्ड देशकाे सत्ता कव्जा गर्न नजिक-नजिक थिए ।
वामदेव र झलनाथ साक्षी बनेका थिए सहयाेगी थिए । प्रचण्डकाे सत्ताकव्जाकाे याेजना तुहाउने केपी ओली थिए ।
आज प्रचण्ड तिनै झलनाथ र वामदेवकाे साथमा केपी ओलीलाई सत्ताबाट घचेट्न वा लखेटन दिलाेज्यानले लागेका छन । उनी त स्पष्ट छन ।
झलनाथ र वामदेव के साेचीरहेका हाेलान ! लाग्छ झलनाथ र वामदेव त हिजाे एमालेमा हुँदा पनि प्रचण्डका सहयाेगी थिए र आजपनि छन । माधव नेपाल कता हाेलान । के बनेका छन ? जग जाहेर छ ।
नेकपा माओवादी केन्द्र नामकाे दलका अध्यक्ष प्रचण्ड कुनेै दिन कहिल्यै पनि कुनैपनि कार्यकर्ताबाट निर्वाचित भएका हाेइनन ।
उनकाे दलका नेता सबै उनीबाट मनाेनित हुन । प्रचण्डकाे दलकाे अवस्था अध्ययन गराैं । १०४ बर्षे शासनका राणा र शाह राजा भन्दा उनी एकांकी एकलाैटी एकल नेतृत्व निर्माण कृयाशिल छन ।
प्रचण्डसग समृद्ध नेपाल का लागि के कस्ता याेजना र दृष्टिकाेण छन । लाेकतान्त्रिक र प्रजातान्त्रिक शासन व्यवस्था अनि जनतामा प्रजातान्त्रिक हक अधिकार देलान त प्रचन्डले ।
३२ बर्ष बिना निर्वाचित एकलाैटी दलकाे नेतृत्व गर्नेले जनतालाई प्रजातान्त्रिक अधिकार बाट सुनिश्चित गराइदेलान त ।
१४ प्रदेश बनाउन नपाउनेहरु । जातिय राज्य निर्माण गर्न नसकेकाहरु । एक मधेस एक प्रदेश बनाउन नसकेकाहरु । संबिधानमा कार्यकारी राष्टपति बनाउन नसकेकाहरु । केपी बिरुद्ध नेकपामा एकगठ छन,एकत्रित छन ।
प्रचण्ड, झलनाथ,वामदेव,माधव नेपाल याे गठजाेडसंग नेपाल समृद्ध बनाउने भिजन के कस्ताे छ । कतै ति अपुरा याेजना पुरा गर्ने फरक उपाय त हाेइन अहिलेकाे नेकपा दल भित्रकाे रडाकाे ।
पुर्ब नेकपा एमालेकाे सफलता भनेकाे प्रचण्डलाई दल र देशकाे सत्ता सुम्पनु हाे । मदन भण्डारी कृत जबजकाे मर्म यत्ति हाे त । यदि यसाे भएमा नेपाल समृद्ध हुने हाे ।
हालकाे नेकपा दलकाे आन्तरिक बेमेलले धेरैभन्दा धेरै फाइदा प्रचन्डलाई हुने हाे,भइ रहेकाे छ । पुर्व एमाले विलिन हुने संकेत हाे याे । केपी ओली हटाएर नेकपाबाट अब हुने प्रधानमन्त्रीले देश र जनताका पक्षमा खास चमत्कार गर्न सक्ने याेजना पस्किएका छैनन । त्याे सम्भावना देखिदैन । नेकपाकाे सदस्य नभएता पनि ।
देशकाे नागरिक र मतदाताका हैसियतले नेपालकाे वर्तमान अवस्थाबारे धारणा राखेकाे हाे । पुर्वाग्रह नठानियाेस । सत्तामा रहेकाे दलकाे आन्तरिक मामलाले देश र जनतालाई धेरथाेर असर परेकाे हुुन्छ ।



























