स्वास्थ्य सामग्री कालोबजारी रोकिएन, आँखा इन्टरप्राइजेजका सञ्चालक पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २५ गते बिहीबार

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीले अहिले बजारमा स्वास्थ्य सामग्री निकै अभाव छ । बजार अभावको फाइदा लुट्दै स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने व्यापारीले चरम कालोबजारी गरिरहेका पाइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले शुक्रबार गरेको अनुगमनमा आँखा इन्टरप्राइजेज कम्पनीले स्वास्थ्य सामग्रीमा ३४ प्रतिशतदेखि ५७ प्रतिशत बढी नाफा लिएर बिक्री वितरण गरेको पाएको हो ।

विभागले उपभोक्ताबाट कालोबजारी गरेको गुनासो आएपछि कम्पनीमा अनुगमन गरेको थियो । विभागले सो कम्पनी बालाजुमा दर्ता भए पनि बबरमहलमा रहेको ई ज्ञानकुञ्ज एजुकेसन सिस्टम प्रालिको कार्यालयको कोठामा राखी बिक्री विरतण गर्दै आएको बताए । सो कम्पनीले सर्जिकल पीपीई, थर्मल गन, मास्क, जुत्ता लगायत स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने गरेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजारमा स्वास्थ्य सामग्री अभावको फाइदा लिँदै कम्पनीले विभिन्न अस्पताल र सम्पर्कमा आएका व्यक्तिसँग स्वास्थ्य सामग्रीमा ३४ देखि ५७ प्रतिशत बढी नाफा लिएर ठग्दै आएको बताए । उनले खरिद बिक्रीसम्बन्धी कागजात हेर्दा कानुनले तोकेको भन्दा धेरै मूल्य लिई बिक्री गरेको पाएपछि कालोबजारी तथा अन्य सामाजिक अपराध ऐन, २०३२ बमोजिम कारबाहीका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्ग काठमाडौंमा पठाएको बताए ।

                               

महानिर्देशक सुवेदीले कम्पनीको खरिद–बिक्री कागजात हेर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ को १६ (२) (क) बमोजिमको कारबाहीले पनि नपुग्ने देखिएपछि उपभोक्ता संरक्षण ऐनका दफा ३० को उपदफा ४ बमोजिमको कारबाहीका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्ग पठाएको बताए ।

बजारमा करिब ४ हजार ५ सय रुपियाँसम्म पर्ने थर्मल गनको ७ हजार रुपियाँभन्दा बढी मूल्य लिएको पाइएको उनले बताए । महानिर्देशक सुवेदीले भने, ‘यो कोरोना भाइरसको महामारी जोखिमको समयमा केही दुई चार प्रतिशत बढी मूल्य लिएर बिक्री गरेको भए हामीले नै २ देखि ३ लाख रुपियाँसम्म जरिमाना गरेर छाडिदिन्थ्यौं तर कम्पनीको सबै कागजपत्र गर्दा यति कारबाहीले नपुग्ने देखिएपछि कारोबजारी तथा अन्य सामाजिक अपराध ऐनबमोजिम कारबाहीका लागि सिफारिस गरेको हो ।

अहिले सो कम्पनीका सञ्चालक उमेशप्रसाद सिंखडालाई महानगरीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरी रहेको छ । कम्पनीमा उमेशप्रसाद सिंखडालगायत तीन जनाको साझेदारी रहेको महानिर्देशक सुवेदीले बताए । आजको राजधानी दैनिकबाट

IME Lifesidebar
kumari