stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल पत्रकार महासंघलाई मलहोत्राद्धारा सात हजार मास्क हस्तान्तरण

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २५ गते बिहीबार 

काठमाडौं  । आईएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले नेपाल पत्रकार महासंघलाई सात हजार मास्क हस्तान्तरण गरेका छन । बुधबार राष्ट्रिय पत्रकारिता दिबसको अवसर पारेर मलहोत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य ,उपाध्यक्ष दिलिप थापा , महासचिब रमेश बिष्टलगायत पदाधिकारीको उपस्थितिमा पत्रकारहरुलाई सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।

मलहोत्राले आफ्नो कम्पनीबाट उत्पादित मास्क बिभिन्न अस्पताल,सुरक्षा निकाय ,सामाजिक कार्यकर्ता र पत्रकारहरुलाई निःशुल्क वितरण गर्दै आईरहेका छन ।

कोरोना भाईरसको महामारीमा पनि आफ्नो ज्यान जोखिममा राखेर समाचार संकलन गरिरहेका पत्रकार साथीहरुलाई महासंघमै आएर मास्क वितरण गर्न पाएकोमा मलहोत्राले खुशी व्यक्त गरे । मलहोत्राले भोलिका दिनमा पनि महासंघसँग सहकार्य गरेर अगाडी बढने जनाउदै अहिलेको महामारीमा महासंघलाई अन्य थप सहयोग पनि गर्ने प्रतिबद्दता व्यक्त गरे ।

कोरोना भाइरस कोभिड–१९ फैलिन सक्ने त्रासका बीच मास्क अभाव भईरहेका बेला मलहोत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेर देशको लागी धेरै राम्रो काम र ठुलो सहयोग गर्नुभएको उक्त मास्क हस्तान्तरण कार्यक्रममा महासंघ अध्यक्ष गोबिन्द आचार्यले बताए ।

कार्यक्रममा महासचिब रमेश बिष्टले मास्क उपलब्ध गराएकोमा मलहोत्रालाई र उक्त कार्यको समन्वय गरेकोमा महासंघका केन्द्रिय पार्षद रामजी बगालेलाई धन्यबाद व्यक्त गरे । बिष्टले मास्क आबस्यक भएका पत्रकारले पत्रकार महासंघका जिल्ला शाखाहरुलाई सम्पर्क गर्न आग्रह समेत गर्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको लागी अध्यक्ष शान्तराम बिडारी,उपाध्यक्ष सुर्य सुबेदी,सचिब मोहन पन्त ,सहसचिब अमिर लामालाई दुई हजार पिस मास्क,महासंघ शाखा ललितपुर,भक्तपुर र उपत्यकालाई पाँच/पाँच सय मास्क वितरण गरे ।मनका धनी मलहोत्राले अहिले ब्याबसाय गर्न भन्दा पनि सामाजिक कामका लागी मास्क कम्पनि सन्चालनमा ल्याएको बताए । उनले आफ्नो कम्पनीले दिनमा करिब ७० हजार मास्क उत्पादन गर्ने र शुरुका दिनमा उत्पादित मास्क सबै हस्पिटल लगाएतका क्षेत्रमा वितरण गरिदै आएको बताए ।

ति मास्क हस्पिटलले आफ्ना कर्मचारी, बिरामी र बिरामीका कुरुवालाई वितरण गर्ने पनि मलहोत्राले बताए । उनले अबको केहि दिनबाट मास्कको सर्टेज नहुने समेत दाबि गरे । आफूहरुले उत्पादन गरेको सर्जिकल मास्क बजारमा समेत उपलब्ध रहेको उनले बताए । आफूहरुले मास्क उत्पादन सुरु गरेपछि बजारमा मास्कमा भैरहेको कालोबजारी पनि अन्त्य भएको उनले बताए ।

बजारमा छ्यापछ्याप्ती मास्क उपलब्ध हुदैछ अब मास्क नपाएर आत्तिनु पर्दैन  उक्त मास्क न्युन मूल्यमा पाइने समेत मलहोत्राले बताए ।यस्तो बेला जनता र सरकारलाई सहयोग गर्न पनि नाफा नखाने उनले बताए । चेम्बरले केही समयअघि कोरोना भाइरस नियन्त्रण सम्बन्धी बनाएको सहजीकरण समितिको संयोजकसमेत रहेका मलहोत्रा अहिलेको लकडाउनको समयमा पनि दैनिक मास्क वितरण गर्नमै व्यस्त रहेका छन । मलहोत्राले अहिलेको महामारीमा घरमै बसी सरकारले लागु गरेको लकडाउन पालना गरिदिन समेत सबैलाई आग्रह गर्दै आफु सुरक्षित हुदैँ समाजलाई समेत कोरोनाबाट सुरक्षित राख्न अनुरोध समेत गरे ।

kumari bank
kumari
nawakantipur long