आइतबारबाट सेयर बजार खुल्ने

आर्थिक सञ्जाल २०७७ वैशाख २५ गते बिहीबार
काठमाडौं ।सरकाले एक तिहाइ कर्मचारी राखेर बैकिङ, बिमा र धितोपत्र बजार खोल्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेसँगै आइतबारबाट सेयर कारोबार पनि खुला हुने भएको हो ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सरकारले उक्त निर्णय गरेसँगै आइतबारबाट सेयर कारोबार पनि खुल्ने बताएका छन् । यद्दपि, कारोबार दैनिक कति समय खुला गर्ने भन्ने विषयमा भने निर्णय हुन बाँकी रहेको उनले जानकारी दिए ।
उनले भने, ‘आइतबारदेखि सेयर कारोबार खुल्छ । सीमित कर्मचारी मात्रै राखेर कारोबार खुला गर्नुपर्ने भएकाले दैनिक कति समय खुला गर्ने भनेर चाहिँ निर्णय गर्न बाँकी छ ।’ यसबारेमा नियामक निकाय धितोपत्र बोर्ड र अन्य सरोकारवालासँग छलफल गरेर आवश्यक निर्णय गरिने उनले बताए ।