stcnepal long ad
global ime bank long

आइतबारबाट सेयर बजार  खुल्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख २५ गते बिहीबार
काठमाडौं ।सरकाले एक तिहाइ कर्मचारी राखेर बैकिङ, बिमा र धितोपत्र बजार खोल्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेसँगै आइतबारबाट सेयर कारोबार पनि खुला हुने भएको हो ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सरकारले उक्त निर्णय गरेसँगै आइतबारबाट सेयर कारोबार पनि खुल्ने बताएका छन् । यद्दपि, कारोबार दैनिक कति समय खुला गर्ने भन्ने विषयमा भने निर्णय हुन बाँकी रहेको उनले जानकारी दिए ।
उनले भने, ‘आइतबारदेखि सेयर कारोबार खुल्छ । सीमित कर्मचारी मात्रै राखेर कारोबार खुला गर्नुपर्ने भएकाले दैनिक कति समय खुला गर्ने भनेर चाहिँ निर्णय गर्न बाँकी छ ।’ यसबारेमा नियामक निकाय धितोपत्र बोर्ड र अन्य सरोकारवालासँग छलफल गरेर आवश्यक निर्णय गरिने उनले बताए ।
IME Lifesidebar
kumari