citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

केपी सिमेन्ट गुणस्तरहीन भएपछि सेनाले निर्माणाधीन भवन नै भत्कायो

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । ‘नेपाली चुनढुंगा, नेपाली हात, केपी सिमेन्टले दिन्छ पुस्तौं साथ’ भन्ने नारा बोकेर बजारमा आएको केपी सिमेन्टलाई अहिले सोही नाराले गिज्याइरहेको छ । केपी सिमेन्टको गुणस्तरमा प्रश्न उठेपछि सो नाराले उसलाई गिज्याएको हो ।

पछिल्लोपटक नेपाली सेनाको आवासीय भवन निर्माण गर्ने क्रममा उक्त सिमेन्टको गुणस्तरमा प्रश्न उठेपछि सेनाले आफ्नो निर्माणाधीन भवन नै भत्काएको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डेस्थित नेपाली सेनाको २६ नम्बर वाहिनीको आवासीय भवन निर्माण गर्ने क्रममा केपी सिमेन्ट गुणस्तरहीन रहेको तथ्य फेला परेको छ ।

नेपाली सेनाको उक्त भवन निर्माण गर्न ब्राइट डायना जेभीले ठेक्का पाएको थियो । ठेकेदार कम्पनीले भवन निर्माण गर्न प्रयोग गरेको केपी सिमेन्ट गुणस्तरहीन भएपछि निर्माणाधीन उक्त भवन सेनाले भत्काएको छ ।

सैनिक भवन निर्माण गर्न प्रयोग भएको केपी सिमेन्टका कुनै बोरामा ३३ ग्रेड, कुनैमा ग्रेड मेटिएको र कुनैमा ग्रेड नै उल्लेख नभएका बोरा फेला परेका थिए । आजको नेपाल समाचारपत्र दैनिकबाट

himalayan life insurance
igi long