stcnepal long ad
global ime bank long

जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं, जेठ ८ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक/एक जना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामा र सशस्त्र प्रहरीका डीआईजीलाई एआईजीमा बढुवा गरेको हो ।

 

 

नेपाल प्रहरीमा एआईजीमा बढुवा भएका लामा शनिबार राति १२ बजेदेखि नै ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका छन्। एआईजीमा बढुवा भएका उनले शुक्रबार थोरै समय मात्र कार्यालय गई एआईजीको कुर्सीमा बस्न पाए । शनिबार सार्वजनिक बिदा भएका कारण उनलाई दुई दिन पनि कार्यालय जाने अवसर जुरेन ।

अवकाशमा जानु एक दिनअघि नेपाल प्रहरीको एआईजीमा बढुवा भएका लामाले शुक्रबार दिउँसो २ बजे नै प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिह्न लगाइसकेका छन् । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उनलाई दज्र्यानी दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

नवनियुक्त एआईजी लामा आईजीपी सिंहकै ब्याची हुन् । उनी १२ चैत २०४९ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । आईजीपी सिंहसँगै प्रहरी निरीक्षकमा नियुक्ति लिएका लामा एआईजीको ५६ वर्षे उमेर हदका कारण १० महिना पहिला नै अवकाश भएका हुन् । प्रहरी ऐनमा उमेर हद, कार्याअवधि र सेवाअवधिका कारण अवकाश जाने व्यवस्था छ ।

वर्तमान प्रहरी महानिरीक्षक सिंह प्रहरी निरीक्षकमा भर्ना हुँदा एक नम्बरमा थिए । लामा भने चौथो नम्बरमा । त्यतिबेला उत्तमराज सुवेदी दोस्रो र दिवेश लोहनी तेस्रो नम्बरका प्रहरी निरीक्षक थिए । तर, उमेर हदका कारण अनिवार्य अवकाशमा जाने भएपछि सरकारले विशिष्ट श्रेणीको एआईजीको अन्य पद रिक्त हुँदाहुँदै उनको मात्र एकल बढुवा गरेको हो ।

त्यसो त वर्तमान प्रहरी महानिरीक्षक सिंहसहित तीन जनालाई चैत पहिलो साता एआईजीमा बढुवा गर्दा लामा पनि दाबेदार थिए । तर, त्यतिबेला उनी एआईजी बन्न सकेनन् । त्यसबेला सरकारले तत्कालीन आईजीपी शैलेश थापा क्षत्रीका ब्याची वसन्त पन्त र लामाकै ब्याचका सिंह र रवीन्द्र धानुकलाई बढुवा गरेको थियो ।

शनिबार मध्यरात लामाले अवकाश पाएपछि नेपाल प्रहरीमा पाँच जना एआईजी पद रिक्त भएको छ । आजको राजधानी दैनिकबाट

 

IME Lifesidebar
kumari