stcnepal long ad
global ime bank long

कामपाका डेढ दर्जन विभागीय प्रमुख स्थापितकै देन

मेयर हुँदा करिब ३ सयलाई रोजगारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका प्रत्यासी केशव स्थापितले कामपामा उच्चदेखि तल्लो तहसम्म करिब ३ सय कर्मचारीलाई रोजगारी दिएको खुलेको छ । २०५४ सालमा मेयरमा विजयी भएपछि उहाँले करिब ३ सय कर्मचारीलाई रोजगारी दिएको खुलेको छ ।

‘तीमध्ये हाल कामपाको दर्जनभन्दा बढी विभागको निर्देशक पदमा कार्यरत कर्मचारी उहाँकै पालामा स्थायी भएका हुन् । कति त अवकास भइसकेका छन्, हाल कार्यरत करिब २ सय कर्मचारी उहाँकै पालामा जागिर खाएका हुन्’ –एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने ।

महानगरपालिका स्रोतका अनुसार कामपाको कानुन महाशाखाका निर्देशक वसन्त आचार्य, विपत् व्यवस्थापन विभागका निर्देशक रविनमान श्रेष्ठ, सामाजिक विकास विभागका निर्देशक दीपक अधिकारी, सार्वजनिक निर्माण विभागका निर्देशक रामबहादुर थापा, सहकारी विभागका निर्देशक देवेन्द्र पोखरेल, सूचना विभागका निर्देशक नमराज ढकाल स्थापितकै कार्यकालमा स्थायी भएका हुन् ।

स्रोतका अनुसार स्थापितले महानगर प्रहरी प्रमुख धनपति सापकोटादेखि कामपाका अधिकांश उच्च तहका प्रहरीले स्थापितकै कार्यकालमा सेवा प्रवेश गरेका हुन् । विसं २०५४ सालमा जागिर खाएका अधिकांश कर्मचारी २०६० सालमा स्थायी भएका थिए ।

शहरी विकास विभागका निर्देशक सुरज शाक्य, स्वास्थ्य विभागका निर्देशक बलराम त्रिपाठी, प्रशासन विभागमा कार्यरत बखतबहादुर साउद लगायत विभागीय प्रमुख स्थापितकै कार्यकालमा महानगरको जागिरे भएका थिए ।

अधिकांश कर्मचारी ०५४ मा जागिरे भएका थिए । ०५७ र ०६० सालमा समेत केही कर्मचारी कामपा प्रवेश गरेका थिए । २०६० सालमा स्थायी भएका प्रशासन विभागका निर्देशक महेश काफ्ले, सम्पदा विभागका अर्चना शाक्य श्रेष्ठ, सम्पदा विभागका रवीन्द्र राई, सामाजिक विकास विभागका निर्देशक नूरनिधि न्यौपाने २०५७ सालमा स्थायी हुनु भएको हो ।

उहाँकै कार्यकालमा राष्ट्रिय सभागृहलाई कामपाको नाममा ल्याउँदा त्यहाँ कार्यरत कर्मचारीसमेत महानगरको नाममा रहेका थिए । त्यस बेलाका कर्मचारी हाल निर्देशक रहेका शिव अधिकारी पनि स्थापितकै कार्यकालमा कामपामा सेवा प्रवेश गर्नुभएको थियो ।

‘विकास पे्रमी मेयरका रूपमा चिनिएका स्थापितले महानगरका अधिकांश कर्मचारीलाई रोजगारी दिनुभएको थियो’ –कामपाका एक कर्मचारीले भने । उहाँको पहलमा मेयर भएलगत्तै वागदबारस्थित अर्थ मन्त्रालयको भवनलाई कामपाको नाममा लिएको, टेकु वातावरण विभागसँगै प्रहरीको ब्यारेक रहेको जग्गा खरिद गर्नुभएको थियो ।

त्यस्तै, माइतीघरमण्डला, रानीपोखरी, धरहरा, बालाजुस्थित बाइसधारा पार्क, महाराजगन्जस्थित शंखपार्कलगायतका महत्वपूर्ण सम्पदा र संरचना उहाँकै कार्यकालमा कामपाको स्वामित्वमा ल्याइएको थियो ।

राजधानीमा सडक विस्तार गर्नेदेखि रत्नपार्क वरिपरि आकाशे पुल निर्माण गर्नेसम्मका सौन्दर्यसँग जोडिएका सबै काम स्थापितकै कार्यकालमा भएको थियो ।झन्डै २४ वर्षपछि निर्वाचनमा होमिएका मेयरका उम्मेदवार स्थापितले आफ्नो जित सुनिश्चित गर्न सबै महानगरबासीको सहयोग अपरिहार्य रहेको बताउनुभयो । आजको नेपाल समाचारपत्र दैनिकबाट

IME Lifesidebar
kumari