stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल आइपुग्यो सरकारले चीनबाट किनेको र सहयोग प्राप्त स्वास्थ्य सामग्री

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार

काठमाडौँ  ।  कोरोना भाइरस(कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री चीनबाट आइतबार नेपाल आइपुगेको छ ।

सरकारले किनेको, ज्याक मा फाउन्डेसन, र चीनको सिचुवान प्रान्तीय सरकारले दिएको विभिन्न सामग्री आइतबार बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए।

सरकारले ललितपुरमा रहेको ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीमार्फत सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद नेपाल मगाएको हो। मन्त्री भट्टराईका अनुसार सामान ल्याउँदा लागेको भाडा आयात गर्ने कम्पनीले नै तिर्नेछ।

सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु रहेको स्रोतले जनाएको छ।

                         तस्बिर : चिनियाँ राजदूत होउ यान्छीको ट्विटरबाट

सरकार र आयातकर्तासँग भएको सम्झौतामा १ अर्ब २४ करोड बराबरका उक्त सामग्री तीन पटकमा नेपाल ल्याइसकिने उल्लेख छ।पहिलो चरणका सामग्री ल्याउन नेपाल एयरलाइन्सको ४१७१ नम्बरको जहाज शनिबार साढे बाह्र बजे चीन उडेको थियो।

यही जहाजमा चीनको सिचुवान प्रदेश, चिनियाँ दूतावास, अलिबाबा र ज्याकमा फाउन्डेशनले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराउने भनिएका सामग्रीहरु पनि ल्याइएको हो। सिचुवान प्रदेश र चिनियाँ दूतावासबाट प्राप्त हुने सामग्री १.१ मेट्रिक टन् छन् भने दुई फाउन्डेशनले उपलब्ध गराएको समान १.४ मेट्रिक टन हो।

दुई फाउण्डेसनले कूल १९ लाख ९८ हजार ८ सय ५५ चिनियाँ यूयान (हालको विनिमय दर अनुसार ३ करोड १९ लाख १ हृजार ६ सय रुपैयाँ) बराबरको सामग्री पठाएका हुन्। सिचुवान प्रदेश र चिनियाँ दूतावासले भने ३ लाख ३ हजार १ सय चिनियाँ यूयान (हालको विनिमय दर अनुसार ५४ लाख ९ हजार ५ सय रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री पठाएका हुन्। आजको कान्तिपुर देनिकबाट
prabhu mahalaxmi
kumari