stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

विदेशबाट आएकाको खोजी गर्दै प्रहरी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार

काठमाडौं । विदेशबाट फर्किएका नेपालीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखा पर्न थालेपछि नेपाल प्रहरीलाई ती व्यक्तिहरूको पहिचान गर्न समस्या परेको छ । प्रहरीले सबैलाई सम्पर्कमा आइदिन आग्रह गरेको छ ।
विशेषगरी चैत महिनाको ४ गते भएका हवाई उडानहरू कतार एयरवेज र एयर अरेवियाबाट नेपाल आएका दुई नेपाली यात्रुमा कोरोना भाइरसको सङ्क्रमण देखा परेसँगै सो समस्या देखिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले त्यो दिनको विभिन्न हवाई उडानबाट नेपाल आएकाहरूमध्ये आफैँ सम्पर्कमा आउनेहरू कमै छन्, धेरैको पहिचान हुन नसकेको उहाँ बताउनुहुन्छ ।
केही दिनअघि फ्रान्सबाट दोेहा हुँदै काठमाडौँ आएकी १९ वर्षीया युवती र शनिबार कोरोना सङ्क्रमणको पुष्टि गरिएकी बाग्लुङकी युवती पनि बेल्जियमबाट खाडी मुलुक हुँदै नेपाल आएको पाइएको छ । कतार एयरवेजको क्यूएआर ६५२ विमान चढेर काठमाडौँ आएकी युवती विमानमा सवार १५८ यात्रुमध्ये १३४ जनाले मात्र आफू ‘सेल्फ क्वारेन्टाइन’मा रहेको सूचना प्रहरीलाई प्राप्त भएको उहाँले स्पष्ट पार्नुभयो ।
“सोही विमानमा सवार पाँच जना विदेशी नागरिकसहित २४ जना कहाँ छन्, कस्तो अवस्थामा छन्, खोजी हुँदैछ,” उहाँले भन्नुभयो, “राहदानीका आधारमा जिल्ला गाउँको पहिचान गरी स्थानीय प्रहरीलाई तत्काल खोजी गर्न निर्देशन दिएका छौँ ।” कोरोना भाइरस सङ्क्रमण भएका पाँचै जना नेपाली नागरिक विभिन्न मुलुकबाट नेपाल आएका हुन्। उनीहरूसँगै हवाई यात्रा गरेका तथा सम्पर्कमा रहेका परिचित र आफन्त सबैलाई सम्पर्कमा आइदिन प्रहरीले आग्रह गरेको छ ।
सङ्क्रमित व्यक्तिहरू सवार विमानको फ्लाइट नम्बर तथा विमानमा सवार यात्रुको पहिचान भए पनि राहदानी लिएको जिल्ला र फोन नम्बर फरक पर्दा सम्पर्कमा ल्याउन समस्या भएको हो । उहाँका अनुसार राहदानी एक जिल्लाबाट र बसोवास अर्कै जिल्ला भएकाले समस्या भएको हो ।
कतार एयरको क्युएआर ६५२ विमानमा सवार १५८ मध्ये १०९ जना ४० जिल्लाका छन् । तीमध्ये एक फ्रेन्च, दुई जर्मनी र दुई भारतीय नागरिक पनि सम्पर्कमा आएका छन् भने २४ नेपाली कहाँ कस्तो अवस्थामा बसेका छन्, खोजी भइरहेको छ ।
त्यस्तै तेस्रो सङ्क्रमित व्यक्ति सवार एयर अरेबियाको विमान जी ९५३७ बाट नेपाल आएका १७० जना यात्रुको पनि खोजी जारी रारिएको प्रवक्ता जोशीले बताउनुभयो ।

सो कार्यमा प्रहरीको केन्द्रीय हेल्थ हेल्प डेस्क नै परिचालन गरिएको छ । उहाँहरूको राहदानीका आधारमा ठेगाना पत्ता लगाई सम्पर्कमा ल्याउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा परिपत्र गरिएको छ । चै

त ४ गतेपछि नेपाल भित्रिएका सम्पूर्ण नागरिकको विवरण सङ्कलन गरी सम्पर्कमा ल्याउन हेल्प डेस्क मात्र नभई सिङ्गो प्रहरी सङ्गठन सक्रिय छ, उहाँले भन्नुभयो । सङ्क्रमित यात्रु सवार विमानका अन्य यात्रुहरू पत्ता लगाउन प्रहरी प्रधान कार्यालयले परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी
विभागबाट विस्तृत विवरण सङ्कलन गरिरहेको छ । चैत पहिलो हप्तादेखि अन्तर्राष्ट्रिय उडान बन्द गरिएको अवधिसम्म नेपाल फर्किएका सबैलाई प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको छ । आजको गोरखापत्र दैनिकबाट

 

prabhu mahalaxmi
kumari bank
kumari