stcnepal long ad
global ime bank long

आजबाट पूरा भरिएको ग्यास सिलिण्डर बिक्री गर्न नपाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार

काठमाडौँ । आइतबार दिउँसोदेखि आधा भरिएको ग्यास सिलिण्डरमात्र बिक्री गर्न पाइने भएको छ । नेपाल आयल निगमले आज जारी गरेको सूचना अनुसार आज दिउँसो १ बजेसम्म मात्र पूरा भरिएको ग्यास बिक्री गर्न पाउने छन् । आज दिउँसोबाट ७.१ केजी ग्यास भरिएको सिलिण्डर मात्र बिक्री गर्न पाइने भएको हो ।

निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार ग्यास बिक्रेता/डिष्ट्रिब्यूटर्स कहाँ मौज्दात भएको १४.२ केजी ग्यास भरिएको सिलिण्डर आज १ बजेसम्म बिक्री गरिसक्नु पर्ने तथा सो ग्यास बिक्री नभएको अवस्थामा सम्बन्धित ग्यास उद्योगमा फिर्ता पठाइसक्नु पर्नेछ ।

‘आज १ बजे पछाडि १४.२ केजीको सिलिण्डर मौज्दात पाइएमा प्रचलित कानून अनुसार कारवाही हुनेछ’- प्रवक्ता उपाध्यायले बताए । सम्पूर्ण ग्यास बिक्रेता/डिष्टीबयूटर्सले दैनिक सुरुवाती र प्राप्त हुने/भएको ग्यासको विवरण सर्वसाधारणले देख्ने गरी ग्यास बिक्री स्थलमा टास्नु पर्ने निगमद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

निगमबाट अर्को व्यवस्था वा निर्देशन नभएसम्मका लागि ग्यास व्यवसायीहरुले एक आपसमा सहमति गरी एक अर्काको उद्योगको सिलिण्डर रिफिल गरी गुनासोरहित ढंगबाट सहज, सरल र समानुपातिक तवरबाट बिक्री गर्ने व्यवस्था मिलाउन सक्ने समेत सूचनामा उल्लेख गरिएको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले केही दिन अघि नै कोरोना भाइसरको संक्रमणका कारण देश लकडाउनको अवस्थामा रहेको बेला आपूर्ति व्यवस्थापनलाई सहज बनाउन आधा सिलिण्डर ग्यास बिक्री गर्ने बिकल्प अपनाउन लागिएको बताएका थिए ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

 

IME Lifesidebar
kumari