stcnepal long ad
global ime bank long

पशुपति क्षेत्र तथा आसपासमा खुलेका मदिराजन्य पदार्थको सेवन तथा बेचबिखनमा स्थानीय प्रशासनले रोक लगाउन थाले

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । पशुपति क्षेत्र तथा आसपासमा खुलेका मदिराजन्य पदार्थको सेवन तथा बेचबिखनमा स्थानीय प्रशासनले रोक लगाउन थालेको छ । पशुपति क्षेत्र नजिक रहेको काठमाडौँ महानगरपालिका–७ सिफललगायतका क्षेत्रमा वडा कार्यालय र सामुदायिक प्रहरीको संयुक्त अग्रसरतामा केही यस्ता पसलहरू हटाइएको छ ।

पशुपति क्षेत्रमा यत्रतत्र खुलेका मदिरा पसलका कारण दिनहुँ रक्स्याहा बीच झगडा भएर यो क्षेत्र नै अशोभनीय बन्दै गएको छ । यसरी यत्रतत्र खुलेका मदिरा र भट्टी पसललाई पशुपति क्षेत्र विकास कोषले लामो समयदेखि बन्द गर्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालयले यस्ता पसल सञ्चालन नगर्न स्थायी आदेश जारी गरे पनि पूर्ण रूपमा कार्यान्वयनमा आउन नसकेको सो कार्यालयका अधिकारी स्वीकार्छन् । पशुपति क्षेत्रमा मासुजन्य पदार्थ तथा मदिरामुक्त क्षेत्र बनाउने क्रममा पहिलो चरणमा भट्टी पसल हटाउन थालिएको हो ।

सो क्षेत्रमा मागेर जीवन व्यतीत गरिरहेकालाई कोषले हटाएर मानव धर्म सेवा समितिको संरक्षकत्वमा पठाउने गरेको छ । मदिराको प्यासमा कतिपय आश्रमबाट पशुपति क्षेत्रमै फर्किने गरेका छन् । आश्रमले यस्ता कुलतमा फसेका झन्डै तीन सय जनाको आनीबानीमा सुधार ल्याइसकेको जनाएको छ ।

कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार मगन्ते हटाउने क्रम जारी छ । वडा–७ का सदस्य कृष्णमणि भट्टराईका अनुसार पशुपति क्षेत्र आसपासमा पाँच सयको हाराहारीमा मांस र मदिरा पसल सञ्चालनमा छन् । आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari