sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

परीक्षा बोर्डको अध्यक्षमा दाबी गर्दै १५ जनाले दरखास्त दिए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा दाबी गर्दै १५ जनाले दरखास्त दिएका छन् । बोर्डको अध्यक्ष सिफारिस समितिले कात्तिक २५ गते दरखास्त आह्वान गरेको थियो ।

दरखास्त दिने अन्तिम म्याद बिहीबारसम्म थियो । अध्यक्षका लागि शिक्षा तथा परीक्षाको क्षेत्रमा १२ वर्षको अनुभव भएका र कुनै पनि राजनीतिक दलको सदस्य नभएको व्यक्तिले दरखास्त दिन पाउने कानुनी व्यवस्था छ । शिक्षा क्षेत्रको अनुभव भने पनि प्राध्यापनमा १२ वर्ष बिताएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

दरखास्त दिने व्यक्तिले बोर्डको नेतृत्व गर्नेसम्बन्धी अवधारणापत्र र चार वर्षको व्यावसायिक कार्ययोजना पनि पेस गरेका छन् । बोर्ड अध्यक्षका लागि उमेरको हदबन्दी छैन । प्राप्त दरखास्तलाई मन्त्रालयले लोकसेवा आयोगमा पठाएको छ ।

बोर्ड अध्यक्ष छनोटका लागि लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा प्राध्यापक डा. लेखनाथ शर्मा र मीना गुरुङ सदस्य रहेको समिति गठन भएको थियो ।

सिफारिस समितिका सदस्य प्राध्यापक डा। लेखनाथ शर्माले दरखास्त दिनेहरूको अवधारणापत्र र कार्ययोजनाको समेत मूल्याङ्कन गरेर छनोटका लागि एक जनाको नाम सरकारलाई बुझाउने नेपाल खुला विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहनु भएका बताउनुभयो ।

gold
prabhu bank
nawakantipur long