stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाल राष्ट्र बैङ्कले २० अर्ब रूपियाँ तरलता प्रशोचन गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बैङ्किङ प्रणालीमा तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैङ्कले २० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैङ्कले रिभर्स रिपो मार्फत बजारबाट बिहीबार २० अर्ब रुपियाँ राष्ट्र बैङ्कको ढुकुटीमा तानेको हो ।

मुलुकमा कोरोना सङ्क्रमणसँगै गरिएको लकडाउनले बैङ्किङ प्रणालीमा तरलता बढ्दै गएको छ । बैङ्किङ प्रणालीमा अहिले एक खर्ब ९१ अर्ब रुपियाँ हाराहारीमा तरलता रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम लगातार बढ्दै गएको छ । सोही कारण तरलता सन्तुलन राख्न बिहीबार २० अर्ब रुपियाँको तरलता प्रशोचन गर्ने अवस्थामा केन्द्रीय बैङ्क पुगेको हो ।
राष्ट्र बैङ्कले बिहीबार जारी गरेको सूचना अनुसार जारी गरिएको सात दिने अवधिको यस रिभर्स रिपो साउन १५ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

रिभर्स रिपो लिन चाहने बैङ्क तथा वित्तीय संस्थालाई बिहीबार दिउँसो २ः०० बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्नसक्ने व्यवस्था गरिएको थियो ।
बैङ्किङ प्रणालीमा लगानीयोग्य पुँजी ९तरलता० अत्यधिक भएपछि राष्ट्र बैङ्कले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्ने) रिभर्स रिपो जारी गर्दै आएको छ ।

आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा रिपोमार्फत रु. ११५ अर्ब ८७ करोड र स्थायी तरलता सुविधा मार्फत १०३ अर्ब २८ करोड गरी कुल रु. २१९ अर्ब १५ करोड तरलता प्रवाह भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत रु। १४१ अर्ब २९ करोड र स्थायी तरलता सुविधामार्फत १४६ अर्ब २८ करोड गरी कुल रु. २८७ अर्ब ५७ करोड तरलता प्रवाह भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा खुला बजार कारोबार मार्फत कुल रु. ७८ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. १०० अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्क) बाट अमेरिकी डलर तीन अर्ब ५९ करोड खुद खरिद गरी रु. ४१७ अर्ब ३३ करोड तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ९२ करोड खुद खरिद गरी रु. ३३० अर्ब ७२ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर तीन अर्ब ४८ करोड बिक्री गरी रु.४०१ अर्ब तीन करोड बराबरको भारतीय रुपियाँ खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ९० करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी रु. ४७८ अर्ब १४ करोड बराबरको भारतीय रुपियाँ खरिद गरिएको थियो । आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari bank
kumari