stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सुन तोलाको ७६ हजार पाँच सय

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

१९ माघ काठमाडौं । आज माघ महिनाको १९ गते यो महिनाको तेस्रो हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ । सुनको भाउ आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । यसअघि गते पुस २३ गते सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसपछि घटेर ७४ हजार रुपैयाँसम्म झरेको सुनको भाउ फेरि बढेर आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको छ ।
यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ । चीनमा कोरोना भाइरस तीव्र गतिमा फैलिएसँगै अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेपछि भाउ महँगो भएको महासघ अन्तर्गतको भाउ निर्धारण समितिले जनाएको छ । समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाग बढेकाले भाउ अझै बढ्ने देखिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari