stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अबैध लागूऔषध सहित पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं, १९ माघ काठमाडौं महानगरपालिका भुईखेलबाट नियन्त्रित लागूऔषध डाइजेपाम( ६ एम्पुल, फेनारगन (३९ एम्पुल, नोर्फिन ( २ एम्पुल, नगद १ हजार ५ सय रुपैयाँ र ४ थान मोबाइल सहित ओम बहादुर गुरुङ लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । गुरुङको डेरा कोठामा लागूऔषधको कारोवार भइरहेको भन्ने खबर प्राप्त हुना साथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले कोठाबाट उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सिन्धुली, हरिहरपुरगढी गाउँपालिका ७ केमनचुलीबाट ५५ केजी अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका केमनचुली भुताहाकासरोज लामा लगायत ६ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । उक्त स्थान हुँदै अवैध लागूऔषध गाँजा लुकाई छिपाई लैजाँदै छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ३ वटा बोरामा प्याकिंङ गरी राखेको उक्त परिमाणको लागूऔषध र ३ वटा मोटरसाइकल सहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

prabhu mahalaxmi
kumari