हाईप्रोफाइल जुवाडे छुटाउन प्रहरीलाई माथिबाटै आयो दवाब

आर्थिक सञ्जाल
काठमाडौं । जुवाखालबाट पक्राउ परेपछि प्रतिष्ठत भनिएका व्यापारिक घरानाका ब्यक्तिहरु उनीहरुसँग जोडेर अनेक अफवाहहरु सार्वजनिक हुन थालेका छन् ।
जुवाडे छोड्न गृहमन्त्रीदेखि प्रहरी प्रमुखसम्मको दबाबमा लागेको प्रायोजित खबर सार्वजनिक गरेर अनुसन्धानमा खटिएका प्रहरीमाथी दवाव समेत सिर्जना गर्न खोजिएको देखिएको छ ।
क्यासिनो शैलीमा जुवा खेल्दै गर्दा पक्राउ परेका प्रतिष्ठत भनिएका व्यापारिक घरानको पहुँच राज्य सञ्चालकसम्म सहजै हन्छ भन्ने कुराको पुष्टि गरेको छ कमलादी जुवा काण्डले । प्रधानमन्त्रीदेखि रक्षामन्त्रीसम्मको नाम यो जुवा प्रकरणमा जोाडिनु दुःख लाग्दो विषय हो ।