अवैध लागूऔषध सहित पक्राउ

रुपन्देही । १६ माघ सिद्धार्थनगर नगरपालिका १ वेलहिया बसपार्कस्थित तनहुँ होटलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ४ सय मिलिग्राम, नियन्त्रित लागूऔषध कोरेक्स ६३ सिसी, फेन्सिडिल ८ सिसी, ईस्पास्मो४ सय ३६ सिसी, नाईट्राभेट १ सय ८० ट्याब्लेट, मोवाइल ९ थान, एनसेलको सिम ५ थान, नेपाली रुपैयाँ ९ हजार २ सय र भारतीय रुपैयाँ १० हजार ५ सय सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिद्धार्थनगर नगरपालिका २ का रेनु बानिया र सोही ठाउँ बस्ने विष्णु गाहा मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उक्त होटलमा जाँच गर्ने क्रममा कोठा नम्बर १३६ मा बसेका उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१६ माघ २०७६, बिहीवार १२:५७ बजे प्रकाशित