stcnepal long ad
ime life insurance
global ime bank long

संविधान संशोधन विधेयक कांग्रेसले दर्ता गर्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल

काठमाडौँ । नेपाली कांग्रेसका केही सांसदहरुले संविधान संशोधनको विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् । विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका सांसदहरुले पार्टीको केन्द्रीय कार्यसमितिको निणर्य अनुसार संशोधन विधेयक दर्ता गराएको बताएका छन् ।

सांसद अमरेशकुमार सिंहले यस अघिको कांग्रेस नेतृत्वको सरकारले अघि बढाएको विधेयकलाई नै अगाडि बढाइएको बताए ।

उनले आफुहरुले दर्ता गराएको विधेयकले सम्पूणर् जनतालाई समानताको बोध हुने र तराई मधेसमा भएको असन्तुष्टिलाई समेत सम्बोधन गर्ने बताए ।

उनले भने ‘संविधान संशोधन सरकारले दर्ता गरिसकेपछि हाम्रो पार्टी नेपाली कांग्रेसको नेतृत्वको सरकारको बेलामा जुन विधेयक संविधान संशोधनको लागि दर्ता भएको थियो त्यो तत्कालिन एमालेको असहयोगको कारण पारित हुन सकेन त्यही विधेयकलाई हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिको निणर्यले फेरी अगाडी बढाउने निणर्य गरेको हुनाले त्यो निणर्यको कार्यान्वयन स्वरुप हामी प्रतिनिधि सभाका नेपाली कांग्रेसका सदस्यहरु त्यो विधेयकलाई फेरी आज दर्ता गराउने प्रक्रियामा छौं ।’

कांग्रेस सांसदहरुले दर्ता गराएको विधेयकमा प्रदेशको सीमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संशोधन गर्ने विषयहरु राखिएका छन् ।

विधेयक दर्ताका लागि सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, चत्रलेखा यादव, चेजुलाल चौधरी, अभिशेकप्रताप शाह, नमिता चौधरी, पद्य्मनारायण चौधरी लगायत संसद सचिवालय पुगेका थिए ।

prabhu mahalaxmi
kumari