stcnepal long ad
ime life insurance
global ime bank long

मालपोत कार्यालय ललितपुरमा कार्यरत अधिकृत बद्री ढकालविरुद्ध अख्तियारद्धारा मुद्दा दायर

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय ललितपुरमा कार्यरत अधिकृत बद्री ढकाल विरुद्ध १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारले ढकाल विरुद्ध मालपोत कार्यालयहरूमा कार्यरत रहँदै जग्गा दर्ता लगायतका गैरकानूनी कार्यहरूबाट गैरकानूनीरूपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।

ढकाल २०५४ सालमा शिक्षक हुँदै २०५५ सालबाट निजामती सेवामा प्रवेश गरेका थिए । उनी नासु हुँदै हाल उनी ललितपुर मालपोत कार्यालयमा शाखा अधिकृतको रुपमा कार्यरत रहेका छन् ।

निजामति सेवामा प्रवेश गरेपछि ढकालले साली जेठान लगायतका बैंक खाताबाट कारोबार गर्ने गरेको पनि अख्तियारले जनाएको छ ।

अख्तियारले उजुरीका आधारमा गरेको अनुुसन्धानमा ढकालले सेवाअवधिमा आर्जन गरेको १४ करोड ५३ लाख ८२ हजार ४ सय ९८ रुपैयाँमध्ये १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेर खर्च गरेको अख्तियारले जनाएको छ ।

prabhu mahalaxmi
kumari