stcnepal long ad
global ime bank long

विभिन्न जिल्लाका प्रजिअको सरुवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत कर्मचारीको सरुवा गरेको छ । गृह मन्त्रालयको यही जेठ १८ गतेको निर्णय अनुसार सहसचिव, उपसचिव, प्रजिअ र सहायक प्रजिअ गरी ४४ कर्मचारीको सरुवा, काज र पदस्थापन गरिएको हो ।

मन्त्रालयले आज जारी गरेको सार्वजनिक सूचना अनुसार सुर्खेतका प्रजिअ रमेश न्यौपानेलाई पाल्पाको प्रजिअमा सरुवा गरिएको छ । पाल्पाका प्रजिअ यादव सुवेदीलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ ।

गृहका हिरालाल रेग्मीलाई भने सुर्खेतको प्रजिअमा सरुवा गरिएको छ । यस्तै महोत्तरीका प्रजिअ सूर्यबहादुर खत्रीलाई इलाका प्रशासन कार्यालय चन्दौटा, काठमाडौँका सहायक प्रजिअ कृष्णबहादुर कटुवाललाई महोत्तरीको प्रजिअ, इलाका प्रशासन कार्यालय फर्पिङका चन्द्रप्रसाद गैरेलाई कालीकोटको प्रजिअ बनाएर सरुवा गरिएको छ ।

कालिकोटका प्रजिअ कृष्णचन्द्र पौडेललाई भने इलाका प्रशासन कार्यालय लेखनाथ कास्की पठाइएको छ । डोटीका प्रजिअ टेकनारायण पौडेललाई अध्यागमन विभाग, उदयपुरका सहायक प्रजिअ भीमप्रसाद भट्टराईलाई डोटीको प्रजिअमा पठाइएको छ ।

बर्दियाका प्रजिअ प्रेम लामिछानेलाई गृह मन्त्रालय ल्याइएको छ । दार्चुलाका प्रजिअ यदुनाथ पौडेललाई धुनुषाको सहायक प्रजिअ, धनुषाका सहायक प्रजिअ शरदकुमार पोखरेललाई दार्चुलाको प्रजिअमा पठाइएको छ ।

ओखलढुङ्गाका प्रजिअ गणेश आचार्यलाई डिल्लीबजार कारागार कार्यालय र गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेललाई ओखलढुङ्गाको प्रजिअ बनाएर पठाइएको छ ।

सङ्खुवासभाका प्रजिअ जीवन दुलाललाई काठमाडौँको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । काठमाडौँका सहायक प्रजिअ जीवन आचार्यलाई भने सङ्खुवासभाको प्रजिअमा पठाइएको छ ।

गृहका नरेन्द्रकुमार रानालाई रोल्पाको प्रजिअ, सुनसरीका सहायक प्रजिअ चिरञ्जीवी गिरीलाई हुम्लाको प्रजिअ र हुम्लाको प्रजिअ विनिता भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाइएको छ ।

बझाङका प्रजिअ उमेश पाण्डेलाई झापाको सहायक प्रजिअ, इलाका प्रशासन कार्यालय लहानका कमलराज भण्डारीलाई बझाङको प्रजिअ, झापाका सहायक प्रजिअ जयकुमार घिमिरेलाई सप्तरीको प्रजिअ, सुनसरीका सहायक प्रजिअ डा कृष्णबहादुर घिमिरेलाई इलाका प्रशासन कार्यालय लहान, चन्दौटाका शङ्करबहादुर विष्टलाई इलाका प्रशासन कार्यालय टिकापुर पठाइएको छ ।

टिकापुरका हिरालाल चौधरीलाई कैलालीको सहायक प्रजिअमा र बैैतडीका प्रजिअ आनन्द पौडेललाई इलाका प्रशासन कार्यालय तुलसीपुरमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । रासस

IME Lifesidebar
kumari