stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । कर्णाली प्रदेशमा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ । गएराति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको हो । कर्णाली प्रदेशमा एकैदिन संक्रमित भेटिएको यो अहिलेसम्मकै ठुलो संख्या हो ।

नयाँ संक्रमित मध्ये २४ जना दैलेख जिल्लाको नारायण नगरपालिका, सिमडा, सोत, सादु, जुकेपानी र दुल्ल गाउँपालिका रहेका छन् ।

यस्तै १७ जना जुम्लाको हिमा र सिंजा गाउँपालिकाका रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । संक्रमित मध्ये दुईजना जिल्ला प्रहरी कार्यालयका प्रहरी रहेका छन् ।

योसँगै कर्णालीका ६ जिल्लामा कोरोना भाइरस संक्रमितको कुल संख्या १ सय ६६ पुगेको छ । कर्णालीका हुम्ला, डोल्पा, रुकुम पश्चिम र जाजरकोटमा भने अहिलेसम्म संक्रमण देखिएको छैन ।

prabhu mahalaxmi
kumari bank
kumari