stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

रुकुम घटनालाई लिएर आजपनि माइतीघरमा प्रर्दशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कारवाही गर्न माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।

नेपाल दलित संघ काठमाडौं जिल्ला कार्यसमितिले घटनाको सत्य तथ्य छानबिनको मागगर्दै सोमबार प्रदर्शन गरेको हो ।

जातिय छुवाछुतकै कारण घटना भएकोले पीडकलाई तत्काल सजायको मागगर्दै प्रदर्शन गरिएको संघका काठमाडौं जिल्ला अध्यक्ष गंगा सुनारले बताए ।

सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिए ।

संघले सोमबार नै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ । प्रदर्शनमा सहभागिहरुले गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन् ।

रुकुम घटनामा जाजरकोटका नवराज विक सहित ५ जनाको मृत्यु भएको छ । एकजना अझै वेपत्ता रहेका छन् ।

 

prabhu mahalaxmi
kumari