एनएमबि ५० को कति कायम भयो न्याभ ?

आर्थिक सञ्जाल
काठमाडौं । एनएमबि ५० को वैशाख मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद मूल्य (न्याभ) १० रुपैयाँ ४२ पैसा रहेको छ । यो चैत महिनाको तुलनामा ०५ पैसा कम हो । चैतमा यस फन्डको न्याभ १० रुपैयाँ ४५ पैसा थियो । एक महिनामा सूचीकृत सेयरमा लगानी १ करोड १६ लाख २५ हजार रुपैयाँले घटेर २७ करोड ३२ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ ।
गत महिना सूचीकृत कम्पनीको सेयरमा २८ करोड ४८ लाख ४४ हजार रुपैयाँ थियो । यता, एनएमबि ५० को बैंक मौज्दात भने ९२ लाख २७ हजार रुपैयाँले बढेर ७७ करोड ९१ लख ६ हजार रुपैयाँ पुगेको छ । चैतमा फन्डको बैंक मौज्दातमा ७६ करोड ९८ लाख ७९ हजार रुपैयाँ थियो । यसअवधिमा फन्डले ३० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।