sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

अब ग्राहक आफैंले बिजुलीको मिटर रिड गर्न सक्ने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता स्वयं आफैंले आफ्नो बिजुलीको मिटर रिड गरी अनलाइनबाट अंक भर्न पाउने प्रणाली विकास गरेको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लक डाउनका कारण घरघरमा गएर मिटर रिडिङ गर्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले ग्राहकले अनलाइन मार्फत आफ्नो मिटरमा उठेको विद्युत् खपतको अंक राख्न पाउने व्यवस्था गरेको हो ।

इन्टरनेट सुविधा नभएका ग्राहकहरूलाई पनि टोल–फ्री नम्बरमा फोन गरी विद्युत् खपतको मिटर अंक टिपाउन सक्ने व्यवस्था छिट्टै गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
यस प्रणालीमार्फत आफ्नो घरको मिटर रिडिङ गर्न ग्राहकले इन्टरनेट ब्राउजरको एड्रेसबारमा कन्जुमर डट एनइए डट ओआरजी डट एनपी (https://consumer.nea.org.np ) टाइप गरी इन्टर थिचेपछि होमपेज खुल्नेछ ।
त्यसपछि ग्राहकले पहलोपटक रजिस्ट्रेसन गर्नुपर्नेछ । रजिस्ट्रेसन गर्दा युजरनेममा ग्राहकले आफ्नो मोबाइल नम्बर र पासवर्ड राख्नुपर्नेछ ।
प्राधिकरणका अनुसार पहिलो पल्ट लगइन गरिसकेपछि रजिस्ट्रेसन गर्दा राखिएको मोबाइल नम्बर र आफूले राखेको पासवर्ड प्रयोग गरी लगइन गर्न सकिनेछ ।
त्यसपछि एड कन्जुमर बटम क्लिक गरी खुल्ने कन्जुमर रजिस्ट्रेसन फारममा दिइएको निर्देशनअनुसार ग्राहक विवरण भरी दर्ता गर्नुपर्नेछ ।

पहिलो पल्ट विवरण भरेपछि अर्कोपल्ट प्रयोग गर्दा पुनः भर्नुपर्ने छैन । त्यहाँ देखाउने ग्राहकको सूचीमा आफ्नो ग्राहक नम्बरमा क्लिक गरेपछि खुल्ने अनलाइन मिटर रिडिङ इन्ट्री फारममा आफ्नो घरको विद्युत् मिटरमा देखिएको अंक ‘करेन्ट मिटर रिडिङ फिल्ड’मा टाइप गरी बुझाउनुपर्नेछ ।

मिटरको अंक देखिने गरी फोटो खिची ब्राउज बटम क्लिक गरी फोटो अपलोड गरेर पनि पठाउन सकिनेछ । यति गरेपछि खपत भएको विद्युतको महसुल देखाउनेछ । महसुल विभिन्न अनलाइन भुक्तानीका लागि अनुमतिप्राप्त सेवा प्रदायकमार्फत तिर्न सकिने प्राधिकरणले जनाएको छ ।
ग्राहकले अनलाइन मिटर रिडिङ प्रणालीमा विद्युत् खपतको वास्तविक अंक राख्नुपर्नेछ । यदि हालिएको अंकमा कुनै दुरुपयोग भए विद्युत् वितरण विनियमावलीमा भएको व्यवस्थाअनुसार कारबाही हुने प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले प्रस्ट पारेको छ । प्राधिकरण कम्प्युटराइज्ड बिलिङ महाशाखाका अनुसार यो प्रणाली सुरु गरिएपछि करिब २५ हजार ग्राहकहरूले सुरु रजिस्ट्रेसन गराएका छन् ।
८ हजार ग्राहकले आफैं आफ्नो विद्युत् मिटरमा चढेको अंक प्रणालीमा राखी समयमै रिडिङ गराई अनलाइन मार्फत महसुल भुक्तानी गरी छुट सुविधा लिएका छन् ।  हाल सात लाखभन्दा बढी ग्राहकले अनलाइनमार्फत महसुल भुक्तानी गर्दै आएका छन् ।
gold
kumari bank
nawakantipur long