stcnepal long ad
ime life insurance
global ime bank long

नेपालमा थपिए एकै पटक १६६ कोरोना संक्रमित, कोरोनाले लियो २ वर्षीया बालिकाको ज्यान

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल

काठमाडौं । नेपालमा आइतबार १ सय ६६ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यसमध्ये ४ जना महिला हुन् भने अन्य १ सय ६२ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा आइतबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल १ हजार ५ सय ६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले दिए । साथै सनिबार १ जना र आइतबार  बिहान २ बजे एक जना गरि दुइ जनाकाे काेराेना संक्रमणा बाट मृत्यु भएकाे जानकारी समेत दिए । याे सँगै नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ८ पुगेकाे छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा  संक्रमण पुष्टि भएको हो ।

तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका हुन् ।

६४ जनको राष्ट्रिय स्वस्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा पुष्टि भएको जानकारी दिएको छ । यो संगै नेपालमा १ हजार ५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय १७ जना महिला रहेका छन् । शनिबार १ र आइतबार बिहान १ गरि २ जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । दैलेखका १७ जना र कालीकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दैलेखका १७ जना र कालीकोटका १ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । संक्रमित सबै पुरुष रहेका छन् । जसमा दैलेखको नारायाण नगरपालिका वडा नं ३ का ४ जना, सोहि नगरपालिका वडा नं ५ का ५ जना, देबलकाँडाका ५ जना, सिमडाका १ जना, रातापानीका १ जना, साडुका १ जना र कालीकोटका १ जना रहेका छन् ।

prabhu mahalaxmi
kumari