citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

आम मानिसले सोचेभन्दा भिन्नै तरिकाले माथिल्लो तामाकोशीको काम धमाधम

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । सरकारले कोरोनाको महामारी रोक्न लकडाउन गरेको आज ठ्याक्कै ६२ दिन भयो । मुलुकको सम्पूर्ण आर्थिक क्रियाकलाप प्राय ठप्प छ । नागरिक घरभित्रै छन् ।

पेशा व्यवसायमा समेत कोरोनाले कहर निम्त्याइदिएको छ । देशभित्र पनि कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । कोरोना कहरका बीचमा पनि घरभित्र रहेका नेपाली नागरिकलाई आशाको सञ्चार भर्ने केही काम भने नियमित भइरहेका छन् ।

विपद्सँग जुध्दै भएका कामले नेपाली नागरिकलाई एकखालको आत्मविश्वास भरिदिएको छ । त्यसले सरकारी निकाय काममा छन् र उनीहरुले नेपाली जनतालाई लकडाउनमा पनि विश्वास भर्न अभिप्रेरित छन् भन्ने देखाएको छ ।

लाखौँ नेपालीको आशा र भरोसाको केन्द्रविन्दुमा रहेको माथिल्लो तामाकोशीले लकडाउनमा दिएको सन्देश घरभित्रै बस्न बाध्य भएका नेपालीलाई हर्षित तुल्याउने खालको छ ।

आयोजनामा लगानी गर्ने शेयरधनीको सङ्ख्या १० लाख बढी छन् । नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करिब सम्पन्न हुने अवस्थामा पुग्ने थियो ।

कोरोनाको सङ्क्रमण हुन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आयोजनाको काम केही समय प्रभावित भयो । एकाध दिन रोकिए पनि आयोजनाले सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम चालू नै राखिएको छ ।

यसअघि तय गरिएको कार्यतालिकामा निर्माण सकिएको भए दैनिक करिब रु पाँच करोड बराबरको क्षतिसमेत नहुने अवस्था आउने थियो । विषम अवस्थामा पनि केही भौतिक निर्माणका आयोजना भने आफ्नै रफ्तारमा अगाडि बढेका छन् । प्रगति पनि लोभलाग्दो देखिएको छ ।

देशको आर्थिक समृद्धिमा समेत महत्वपूर्ण स्थान राख्ने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम यतिखेर पनि जारी छ । लकडाउनमा पनि काम भइरहेको छ ? हो, आम मानिसले सोचेभन्दा भिन्नै तरिकाले माथिल्लो तामाकोशीको काम धमाधम भइरहेको छ ।

मन्त्रिपरिषद्को गत वैशाख २४ गतेको निर्णयपछि त झन् आयोजनालाई थप सहज भएको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सबैभन्दा जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत लकडाउनको समयमा उल्लेख्य प्रगति भएको छ ।

कूल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये अब बाँकी ६० मिटर मात्रै छ । गत असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको थियो । कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको पाइप जडान सम्पन्न भएको छ ।

पाइप जडानको काम सकिएपछि अष्ट्रियन कम्पनीले थप कामका लागि भारतीय कम्पनीलाई जिम्मा लगाउँछ । एउटा पाइप राख्न न्यूनतम पाँच दिन लाग्ने भएकाले आगामी असारसम्म ठाडो सुरुङमा पाइप जडानको काम सम्पन्न हुनेछ ।

तल्लो ठाडो सुरुङको काम अष्ट्रियन निर्माण व्यवसायी एन्ड्रिज हाइड्रोले गरिरहेको छ । यस्तै कार्यकुशलता देखाउन नसकेको भारतीय निर्माण व्यवसायी टेक्सम्याकोले पनि लकडाउनको समयमा आफूलाई अब्बल सावित गरेको छ ।

प्राप्त विवरणअनुसार कूल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमध्ये हालसम्म २५० मिटरमा पाइप जडान भइसकेको छ । अब सो सुरुङमा मात्रै ६० मिटर पाइप जडान गर्न बाँकी छ ।

सोमबार र मङ्गलबार पनि पाइप जडान गर्ने कार्यतालिका रहेकाले अब ५४ मिटरमा झर्नेछ । पाइप जडानको काम प्रभावकारीरूपमा अगाडि बढेको र एउटा पाइप जडानका लागि पाँच कार्य दिन लाग्ने गरी व्यवस्थापन मिलाइएकाले आगामी असारको पहिलो सातासम्म सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप जडान सकिने प्रवक्ता डा न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै आयोजनाको सुरुङको तेर्सो स्थानमा जडान हुने केही पाइपको पनि जडानको काम अगाडि बढ्नेछ भने घुमेको पाइप जडानको काममा समेत गति दिने तयारी गरिएको छ । यस्तै सुरुङमा क्रङ्क्रिट लाइनिङ र ग्राउटिङको कामसमेत भइरहेको छ । केही सामान भने भारतीय ठेकेदार कम्पनी टेक्सम्याको कारखानामा रहेका कारण लकडाउनका कारण आयात गर्न समस्या परेको छ ।

प्रवक्ता न्यौपानेले सिमेन्ट र की अत्यावश्यक सामग्री आयातका लागि सहजीकरण गरिदिन गृह मन्त्रालयलाई आग्रह गरिएको बताउनुभयो । राष्ट्रिय गौरवको आयोजना भएकाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरेर निर्माण सामग्रीको ढुवानीको प्रबन्ध गरिदिनुभएकाले पनि थप सहजता पैदा भएको छ ।

आयोजनाले यसअघि केही अत्यावश्यक सिमेन्ट, रडलगायत सामग्रीको नियमित आपूर्ति गरेको थियो । आयोजनास्थलमा लकडाउनको समयमा समेत झण्डै ६५० श्रमिक हाल पनि कार्यरत छन् । रासस

gold
himalayan life insurance long ad
kumari bank