stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

चन्द्रमा नदेखिए पछि ईद सर्यो, सार्वजनिक बिदा भोली

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल

काठमाडौं  । सरकारले मुस्लिम समुदायको पर्व इद-उल-फित्रका अवसरमा आज दिएको सार्वजनिक विदा भोलीका लागि सारेको छ ।

नेपाल र दक्षिण एशियाका मुलुकहरुबाट हिजो साँझ चन्द्रमा नदेखिएका कारण आजका लागि घोषणा गरिएको सार्वजनिक विदा भोली सोमवार दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि मन्त्रालयले आजका लागि इदको सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । मुसलमान समुदायमा हिजरी संवतको महिनाभर रोजा अर्थात ब्रत बसिसकेपछि इद उल फित्र मनाउने प्रचलन छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने इदपर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाइने इस्लाम परम्परा छ ।

मस्जिदमा गएर इदको नमाज पढेपछि एक अर्कासँग शुभकामना आदान–प्रदान तथा भाइचारा र आत्मियता साटासाट गरी इद मनाउने गरिएपनि यसपटकको विषम परिस्थितिका कारण घरघरमै नमाज पढेर मनाइदैछ ।

इद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज अर्पण गर्ने इस्लाम परम्परा छ । इदका दिन धर्मगुरुले कुरान वाचन गरेर सद्विचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । यो पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष जम्मा भएर सामूहिक नमाज अर्पण गर्ने परम्परा भए पनि यसपालि लकडाउनले गर्दा घरघरै यो धार्मिक विधि सम्पन्न गर्ने तयारी छ ।

prabhu mahalaxmi
kumari