stcnepal long ad
nabil bank
Himalayan bank
national life

भन्सार छली ल्याएको सामान सहित पक्राउ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

धनुषा । भन्सार छली ल्याएको भारतबाट करिब ३ लाख १५ हजार रुपैयाँ बराबरको विभिन्न सामान सहित महोत्तरी जलेश्वर नगरपालिका-११ बस्ने ३४ वर्षीय जितेन्द्रकुमार साह समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपाल तर्फ आउँदै गरेको ज. ७ प ४०६१ र ज.६प ६०९७ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जाँचगर्दा भन्सार छली ल्याएका राजनिवास २ सय १० थान,पानपराग पत्ती (सुर्ती) १ सय थान,खाने तेल २५ बोतलर उक्त मोटरसाइकल  सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

kumari bank
kumari
nawakantipur long