stcnepal long ad
global ime bank long

विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथामा “चन्द्र सूर्य एल्बम” विमोचन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय भावनामा आधारित “चन्द्र सूर्य एल्बम” को पोष्टर तथा म्यूजिक भिडियोको डिभिडि विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा ८८४८.८६ मिटर माथि  २०७९ बैशाख ३१ (सन् २०२२ मे १४) नेपाली समय अनुसार विहान ०४ः०१ मा पासाङ्ग तेन्जिङ्ग शेर्पा १४ पटक सगरमाथा आरोहण गरी सफल हुनु भएको र उहाँ १३ वर्षको उमेर देखि सगरमाथा आरोहणमा लाग्नु भएको थियो ।

आरोहण गर्दाका साथमा अष्ट्रेलियाका सबैभन्दा कान्छो १९ वर्षकी पर्वतारोहीMs. Gabby Kanini सँगै आरोहण गरेका थिए । पासाङ्ग रन्डु शेर्पाले उक्त एल्बम विमोचन गरि हरि गोपाल प्रधानको गीतको विश्व कीर्तिमान राख्नको लागि उक्त गीतको भिडियो संसारको सबैभन्दा अग्लो सगरमाथाको टुप्पामा सार्वजनिक गरेको कुरा वरिष्ठ पत्रकार÷फोटोपत्रकार एवं समाजसेवी हरि गोपाल प्रधानले बताएका छन् ।

नेपाली चूलो, लाजिम्पाटमा आयोजिम कार्यक्रममा वल्र्डबुक अफ रेकर्डसका संस्थापक, व्रिटिस सांसद, विरेन्द्र शर्माज्यू लगायत माननीयहरु उदय शमशेर जवरा, रेखा यादव, बलराम अधिकारी, सराज अहमद फारुकीबाट संयुक्त रुपमा उक्त विश्व रेकर्डसको प्रमाणपत्र कीर्तिमानी वरिष्ठ गीतकार हरि गोपाल प्रधानलाई हस्तान्तरण भएको थियो ।

उक्त कार्यक्रममा वल्र्डबुक अफ रेकर्डसका संस्थापक, व्रिटिस पार्लियामेन्ट मेम्बर, भिरेन्द्र शर्माज्यूले “संसारकै उच्च स्थान नेपालमा रहेको र नेपालीहरुले अलौकिक कार्य गरेर पुनः नेपालको नाम उच्च स्थानमा पु¥याउन सफल भएकोमा तपाईले रेकर्ड राखेर नेपालीको शिर ठाडो पार्नुभएको छ” भन्दै सम्पूर्ण एल्बमका टिमलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

वल्र्ड बुक अफ रकेर्डस् नेपालका अध्यक्ष सागर कट्वालले वरिष्ठ गीतकार हरि गोपाल प्रधान र पासाङ्ग टेन्डी शेर्पा र लाख्पा रन्डु शेर्पा लगायत अन्य टिम को अथक मेहनत र प्रयासबाट यो रेकर्ड बन्न सफल भएको भन्दै हरेक पाइलामा साथ दिने प्रतिवद्धता जाहिर गर्नुभयो ।

साथै गीतकार हरि गोपाल प्रधानले सबैको साथ सहयोगका कारण आफूले विश्व रेकर्ड राख्न सफल भएको बताउनु भयो । उक्त कार्यक्रममा सहयोगी महानुभावहरु र अन्य सहयोगी संस्थालाई उल्लेख्य भूमिका खेलेकोमा वल्र्डबुक अफ रेकर्डसका संस्थापक, व्रिटिस सांसद, विरेन्द्र शर्माज्यूबाटज्यूबाट सम्मान गरिएको थियो ।

गीत निकै लोकप्रिय बनेको छ । गीतका रचनाकार हरि गोपाल प्रधान, स्वर, संगीत र गीतको निर्देशन हिपहप किङ निर्णय श्रेष्ठ NSK ले गरेको छ ।

गायिका/नायिका विष्णु चेम्जोङ्गले गरेको छ । म्यूजिक बाल कृष्ण थारु, सिनेम्याटोग्राफी सोहन मानन्धर, कोरियो ग्राफर जेनिशा महर्जन, अन्य कलाकारहरुमा आराध्य लक्ष्मी खड्की, सरुना श्रेष्ठ, अनुपा राई, करुणा राई, आमीर तामाङ, सोनु नेपाली रहेका छन् ।

श्रृगांरमा हेमा पुन मगर, मुना थापा मगर, ड्रेस डिजाइनमा कुसुम श्रेष्ठ, तथा फोटोग्राफीमा : पद्यसागर कक्षपती, राजेश मानन्धर, राजेन्द्र चित्रकार, आरती पौडेल कट्वाल, कोर्डिनेटर र साउन्डमा निकेश सुवेदी, प्रडक्सन मेनेजर सागर श्रेष्ठ र निर्माता शब्दयात्रा प्रकाशन, बनेपा रहेका छन् ।

हरि गोपाल प्रधान वरिष्ठ पत्रकार/फोटो पत्रकार साहित्यकार एवं समाजसेवीले तेश्रो पटक विश्व कीर्तिमान राख्न सफल हुनुभएको छ ।

 

IME Lifesidebar
kumari