prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

एनओजी (एन्टर्क ओनर्स ग्रुप) काठमाडौँ च्याप्टर राइड सम्पन्न

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौँ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नक्साल शोरुमदेखि नगरकोट (नगरकोट सांग्रिला रिसोर्ट) सम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

गत चैत ४ गते शनिबार आयोजना भएको यस राइड नक्साल शोरुमबाट शुरु भएर नगरकोट (नगरकोट सांग्रिला रिसोर्ट) सम्म पुगेर समापन भएको थियो ।

उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

 

६ चैत २०७९, सोमवार १०:५२ बजे प्रकाशित

NTA long ad
stcnepal long ad