नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन साँखु इकाइमा बस्नेत अध्यक्षमा निर्वाचित
कठमाडौं । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाइ समिति साँखुको अध्यक्षमा दिलिप बस्नेत निर्वाचित भएका छन् । आफ्ना निकटतम् प्रतिद्वन्द्वी विनोद श्रेष्ठभन्दा ८३ मत बढी ल्याएर बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा भीमसेन श्रेष्ठ, सचिवमा सरोज अधिकारी, सहसचिव अमृत कुईंकेल, कोषाध्यक्षमा मनोज न्यौपाने, सह कोषाध्यक्ष गोमादेवी न्यौपानेसहित सदस्यहरुमा क्रमशः राजेश श्रेष्ठ, राजन चौलागाई, शशिकुमार बस्नेत, बिजु ओझा, सुशीला गुरागाईं, बिमला खड्का र सुजन अधिकारी रहेका छन् ।























