Everest Bank
nabil bank
national life
stcnepal long ad

डिप्रोक्स लघुवित्तको साधारण सभा सम्पन्न

मर्जर र लाभांशको प्रस्ताव पारित

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल सेभेन स्टार प्रालि सौराहा, चितवनामा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले गत आथिृक वर्षको नाफा नोक्सान, हिसाब नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ । सभाले १० प्रतिशत बोनश शेयर र ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षकको नियुक्ति गर्ने, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आदान प्रदान अनुपात १ः१ कायम गर्ने, अन्तिम समझदारी गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी प्राप्ति पश्चात् प्रबन्धपत्र र नियमावली संशोधन तथा शेयर संरचना परिवर्तन गर्ने लगायत प्राप्ति प्रक्रियासँग सम्बन्धित सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावहरु सभाले पारित गरेको छ ।

२ चैत २०७९, बिहीवार १६:०३ बजे प्रकाशित

stcnepal long ad