citizens life insurance long ad
stcnepal long ad

‘सहकारीको ऋण समयमा भुक्तानी गर’

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाका ऋणी सदस्यतालाई समयमा नै ऋणको किस्ता तथा ब्याज भुक्तानी गर्न आह्वान गरेको छ ।

बुधबार विज्ञप्ती जारी गर्दै नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय महासंघले ऋणी सदस्यहरूलाई समयमा नै नियमित किस्ता तथा ब्याज भुक्तानी गरी अन्य सदस्यहरूको बचत रकम फिर्ता गर्न सहज वातावरण बनाइदिन आग्रह गरेको छ ।

पछिल्लो समयमा केही सहकारीमा समस्या सिर्जना भएपछि सहकारीका बचतकर्ताहरूले बचत फिर्ता लिन थालेको र तरलतामा चुनौती देखापरेको महासंघले जनाएको छ ।

सहकारी संघ संस्थाहरूले बचत रकमको सामान्यतय ८० प्रतिशतसम्म सदस्यहरूलाई नै कर्जा प्रवाह गर्ने भएकाले बचत फिर्ता गर्न सहज वातावरण बनाउन ऋणी सदस्यहरूलाई ऋणको किस्ता तिर्न आह्वान गरेको हो । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

IME Life
kumari