sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

बजेट कटौतीले अर्बौंका आयोजना गुणस्तर परीक्षण प्रभावित

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । राज्यको बजेट तथा दातृ निकायको ऋण र अनुदानबाट बन्ने दर्जनौं आयोजना र विकासका पूर्वाधारहरूको गुणस्तर परीक्षण यो वर्ष नहुने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनसम्बन्धी बनेको मार्गदर्शन र बजेट कटौतीका कारण यस्तो परिस्थिति सिर्जना भएको हो ।

मार्गदर्शनमा निर्माण कार्यको ठेक्का सम्झौतापछि थालिएका १० करोडमाथिका आयोजनाको गुणस्तरको प्राविधिक परीक्षण राष्ट्रिय सतर्कता केन्द्रबाट गराउने उल्लेख छ ।

कार्यक्रम र आयोजनाको भौतिक प्रगति र गुणस्तरका आधारमा मात्र भुक्तानी दिने व्यवस्था गर्न पनि उक्त मार्गदर्शनमा उल्लेख छ । तर सतर्कता केन्द्रले भने नियमानुसार पाइएको अधिकार प्राविधिक परीक्षण गर्न नसक्ने जनाएको छ ।

सरकारले बजेट कटौती गरेपछि प्राविधिक परीक्षण कार्य गर्नै नसक्ने अवस्थामा सतर्कता केन्द्र पुगेको हो। सरकारले प्राविधिक परीक्षणका लागि केन्द्रलाई दिने भनिएको ५९ लाख ८१ हजार बजेट कटौती गरेको जनाइएको छ ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विभिन्न सरकारी निकायका लागि विनियोजन गरेको बजेट कटौती गर्ने निर्णय गरेपछि राष्ट्रिय सतर्कता केन्द्रबाट हुनुपर्ने महत्वपूर्ण आयोजनाको गुणस्तर परीक्षण कार्य प्रभावित बन्न पुगेको हो । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

gold
kumari bank
nawakantipur long