citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

माओवादी घटकले आज दिउँसो संयुक्त पत्रकार सम्मेलन गर्दै

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलन आयोजना गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि नजिकिएका माओवादी घटकहरूको फागुन २६ गते बसेको  बैठकले २८ गते  संयुक्त पत्रकार सम्मेलन र ३० गते अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो ।

त्यसअघि फागुन २३ गते बसेको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुङ्गो लगाउनुपर्छ भनेर पत्रकार सम्मेलन गर्न लागिएको हो ।

अन्तर्क्रिया पनि सोही विषयमा केन्द्रित हुनेछ । अन्तर्क्रियामा माओवादी घटकका नेताहरूका साथै नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवाला सहभागी हुने बताइएको छ ।

himalayan life insurance
igi long