stcnepal long ad
global ime bank long

प्रधानमन्त्री ओलीले आज संसदमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ६ गते मंगलबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको आज संसदमा जवाफ दिँदैछन् । आज मध्यान्ह १२ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तय गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आइतबार र सोमबार भएको छलफलमा प्रतिनिधिसभाका एक सय १० जना सांसदले भाग लिएका छन् ।

सत्ता पक्षका सांसदहरुले नीति कार्यक्रमका सक्त बचाउ गरेका छन भने विपक्षी दलका सांसदहरुले देशको वास्तविक समस्या समाधान गर्ने गरी नीति कार्यक्रम नआएको भन्दै आलोचना गरेका छन् ।

आजकै बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि राष्ट्रपतिबाट प्रस्तुत नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

नीति तथा कार्यक्रम पारित भएपछि सरकारलाई बजेट ल्याउने बाटो खुल्नेछ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्छ ।

IME Lifesidebar
kumari