citizens life insurance long ad

प्रेस काउन्सिलमा कोरोना (कोभिड–१९) टेष्ट

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ६ गते मंगलबार 

काठमाडौं । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले  २०७७ जेठ ५ गते सोमबार सञ्चारग्राममा पत्रकारहरुको कोरोना परीक्षणको लागि स्वाब संकलन गरेको छ ।

प्रेस काउन्सिल नेपालको आयोजनामा पोलिमर चेन रियाक्सन (पिसीआर) परीक्षणको लागि स्वाब संकलन भएको हो । मूलधारको मिडियाका सम्पादक, फ्रन्टलाइनमा रहेर काम गरिरहेका फोटो पत्रकारहरु लगायत प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पदाधिकारी सदस्य तथा कर्मचारी, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य सहित कर्मचारी, सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्मा सहित कर्मचारी, न्युनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालसहित कर्मचारीसमेत ७० जनाको स्वाब संकलन गरिएको छ । रिपोर्ट बुधबारसम्म आउने बताइएको छ ।

IME Lifesidebar
kumari