citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमईका सीईओ रेग्मी निर्विरोध चयन, उपाध्यक्षमा खनाल

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी नेपाल बैंकर्स संघको अध्यक्ष बन्ने पक्का भएको छ । वाणिज्य बैंकहरूको साझा संस्था नेपाल बैंकर्स संघ (एनबिए) ले अध्यक्ष रेग्मी बन्ने भएका हुन् ।

आगामी शुक्रबार राजधानीस्थित होटल मर्क्युरमा आयोजना हुने संघको ४०औं वार्षिक साधारण सभाबाट रेग्मी निर्विरोध अध्यक्ष चुनिन लागेका हुन् । रेग्मी हाल संघका उपाध्यक्ष हुन् ।

संघको विद्यमान उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने अभ्यासअनुसार हाल उपाध्यक्षको भूमिकामा रहेका रेग्मीले नेतृत्व सम्हाल्ने बाटो खुलेको हो ।

रिक्त हुने उपाध्यक्ष भने कुमारी बैंकका सीईओ रामचन्द्र खनाल बन्ने सहमती भएको छ । संघसम्बद्ध स्रोतका अनुसार बुधबार भएको अनौपचारिक संवादमार्फत पदाधिकारी चयनका विषयमा सर्वसम्मति जुटाइएको हो ।

बैंकर्स संघमा विगत १३ वर्षदेखि उपाध्यक्षलाई नै अध्यक्षमा पदोन्नति गर्ने अभ्यास निरन्तर चलिरहेको छ । दुई वर्षअघि भने यो अभ्यासमा अवरोध आउने संकेत देखिएको थियो ।

२०८१ पुसमा सम्पन्न ३८औं साधारण सभाका बखत माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचन दुवैले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका थिए ।

त्यसबेला पूर्वअध्यक्षहरूको हस्तक्षेप र सर्वसम्मति कायम गर्ने पहलपछि शेरचन पछि हटेपछि कोइराला अध्यक्ष र रेग्मी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

हाल कोइरालाको अध्यक्षता र रेग्मीको उपाध्यक्षतामा रहेको संघको कार्यसमितिमा कुमारीका खनाल, नबिल बैंकका मनोज ज्ञवाली, नेपाल एसबीआई बैंकका रामकुमार तिवारी, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, एभरेष्ट बैंकका सुदेश खालिङ, नेपाल बैंकका तिलकराज पाण्डे र लक्ष्मी सनराइज बैंकका पूर्वसिइओ अजयविक्रम शाह कार्यकारिणी सदस्य रहेका छन् ।

आउँदो साधारण सभाबाट बन्ने नयाँ कार्यसमितिबाट एभरेष्ट बैंकका खालिङ र लक्ष्मी सनराइजका पूर्वसीईओ शाह बाहिरिने भएका छन् । २ कार्यकाल भन्दा बढी कार्यसमितिमा बस्न नपाउने भएकाले खालिङ बाहिरिँदै छन् भने अघिल्लो वर्षको साधारण सभाबाट सदस्य बनेका शाह लक्ष्मी सनराइज बैंकमा आफ्नो कार्यकाल पूरा भएसँगै संघको भूमिकाबाट समेत स्वतः अलग भएका हुन् ।

यी दुई जनाको बहिर्गमनसँगै रिक्त स्थानमा सिद्धार्थ बैंकका सीईओ रामेश्वर बस्याल र सानिमा बैंकका सीईओ पवन आचार्य कार्यकारिणी सदस्यका रूपमा भित्रिने तय भएको स्रोतले जानकारी दिएको छ । उनीहरू सबैले बुधबार मनोनयनय दर्ता संघ स्रोतले जनाएको छ ।

IME Life
ofukuro
kumari