कानूनबिनै वार्षिक १ खर्बको सुनचाँदी किनबेच

काठमाडौं । उपभोक्ताले धेरै प्रयोगमा ल्याउने वस्तु मध्ये सुन सबै भन्दा महँगो धातु हो । तर, यसैको कारोबार कानूनी मापदण्ड भन्दा बाहिरबाट हुने गरेको छ । व्यवसायीहरुका अनुसार नेपालमा नयाँ र पुरानो गरी सुनको कारोबार वार्षिक करिब १ खर्ब रुपैयाँसम्मको हुन्छ ।
तर, यसको कारोबारका लागि अहिलेसम्म कुनै कानूनी मापदण्ड, कार्यविधि तथा निर्देशिका बनाइएको छैन्। यसबाट व्यवसायीहरुले मात्र फाइदा उठाउने गरेका छन् ।
वर्षमा अर्बौ रुपैयाँको खरिद बिक्री हुने सुनचाँदीको कारोबार व्यवसायीको इच्छा अनुसार भइरहेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् ।
कानूनी मापदण्ड नहुँदा आम नागरिक सुनचाँदी खरिद गर्दा दैनिक ठगिंदै आएको महर्जनको भनाइ छ । उनका अनुसार सुन खरिद बिक्रीमा व्यापारीले मन लाग्दो हिसाबले ज्यालाजर्ती लिने गर्दछन् । आजको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।
९ माघ २०७९, सोमवार ०६:५३ बजे प्रकाशित