adbl long ad
nabil bank
stcnepal long ad
national life

विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरणको सफलता

civilbank long ad
citizens life insurance long ad
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटाएर सात दशमलव ४९ प्रतिशतमा झारेको छ ।

गतवर्ष मङ्सिरसम्मको वितरणतर्फको विद्युत् चुहावट नौ दशमलव २३ प्रतिशत थियो । मङ्सिरसम्ममा वितरण प्रणालीमा चार अर्ब १४ करोड ७५ लाख युनिट विद्युत् प्राप्त भएकामा तीन अर्ब ८३ करोड ६७ लाख युनिट विद्युत् बिक्री भएको छ । एकतीस करोड सात लाख ७९ हजार युनिट विद्युत् चुहावट भएको छ ।

मङ्सिरसम्म प्रसारण लाइनतर्फको चुहावट चार दशमलव ५६ प्रतिशत छ । प्रसारण र वितरणतर्फ गरी मङ्सिरसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १२ दशमलव शून्य पाँच प्रतिशत छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब सात वर्षअघि वितरणतर्फको चुहावट झण्डै २२ प्रतिशत रहेकामा अहिले घटाएर सात दशमलव ४९ प्रतिशतमा झार्न सफल हुनु ठूलो उपलब्धि भएको जानकारी दिनुभयो ।

प्राधिकरणका सात प्रादेशिक कार्यालय र दुई प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको रहेको छ ।

प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वितरण केन्द्रको मङ्सिरसम्ममा समग्र विद्युत् चुहावट १२ दशमलव ८० प्रतिशत छ ।

६ माघ २०७९, शुक्रवार ०७:५५ बजे प्रकाशित

Election
stcnepal long ad