आत्मनिर्भर लघुवित्तले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गर्ने

काठमाडौं । आत्मनिर्भर लघुवित्तले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गर्ने भएको छ । यसकम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन ११ गतेदेखि र वैदेशिक रोजगारीमा रहेकालाई माघ १६ गतेदेखि आइपीओ निष्कासन गर्न लागेको हो ।
लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।
जसअनुसार प्रति सेयर १ सय अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गर्न लागेको हो । सोमध्ये १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गर्न लागेको छ ।
जारी पुँजीको ०।५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा माघ १ गतेसम्म आवेदन दिन सकिनेछ । दुवैले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तलको आइपीओलाई ‘केयरएनपी बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।
जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
६ माघ २०७९, शुक्रवार ०८:२८ बजे प्रकाशित