stcnepal long ad
ime life insurance
national life
global ime bank long

पाल्पाको खुर्सानेमा भएको बस दुर्घटनामा ६ जना महिलाको मृत्यु, १८ जना घाइते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, खुर्सानेमा ग १ ख ४९७७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। १८ जना घाइते भएका छन्।

गएराति १० बजे रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको उक्त बस गन्तव्य पुग्नै लाग्दा बुढीदमार भन्ने स्थानमा दुर्घटना भएको वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए।

बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जङ्गल क्षेत्रमा दुर्घटना भएका उनले बताए। मृत्यु हुनेमा सबै महिला छन्।

मृत्यु हुनेमा वर्ष ५४ की खीमकुमारी राना, वर्ष ११ की सरुमाया घिमिरे, वर्ष ३३ निर्मला घिमिरे, वर्ष ४५ कि बुनु गाहा, वर्ष २१ की दान कुमारी घिमिरे र वर्ष १९ कि बिना पाण्डे रहेका छन्। घाइते सबैलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ।

IME Lifesidebar
kumari