stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जिल्ला अदालत कास्कीका श्रेस्तेदार विरुद्ध भ्रष्टाचार मुद्दा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २९ गते सोमबार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुली विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

अदालतमा विचाराधीन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाइ दिने प्रलोभन देखाउँदै घुस लिएको दाबी सहित अख्तियारले उनी विरुद्ध आइतबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

सङ्गठित अपराध, कर्तव्य ज्यान मुद्दामा दसी प्रमाणको रूपमा जिल्ला अदालत, कास्कीमा पेस भएको सेवाग्राहीको ग १ च २३६३ नं. को कार अदालतको आदेश बमोजिम छुटिसकेको अवस्थामा समेत उनले धरौटी निर्धारण गरी गाडी छोडि दिने भनी घुस बापतको रकम सेवाग्राहीले चलाई रहेको कार भित्रै बुझी लिई आफूले लगाएको पाइन्टको गोजीमा राखी कारबाट ओर्लेर पर्स्याङस्थित डी.एल. लिक्वर सप भित्र गई बसेको अवस्थामा आयोगको टोलीलाई देख्नासाथ आफू बसेको टुल मुनी फ्याकेको अवस्थामा बरामद भई आएको स–प्रमाण पुष्टि भएको आयोगले जनाएको छ ।

prabhu mahalaxmi
kumari