stcnepal long ad
global ime bank long

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्र विस्तार गर्नुपर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २९ गते सोमबार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय सभा, विधायन व्यवस्था समितिको बैठकलेअख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन २०५९ मा प्रस्तावित संशोधन विधेयकमाथिको छलफलमा कानुनका विज्ञहरूले आयोगले सार्वजनिक संस्थासँगै निजी संस्था, गैरसरकारी संस्था, बैङ्क, राजनीतिक दल लगायतलाई अधिकार क्षेत्रमा राख्नुपर्ने बताएका छन् ।

नेपाल कानुन परिषद्का अध्यक्ष माधव पौडेलले बैङ्क तथा बिमा जनतासँग प्रत्यक्ष रूपमा जोडिएकाले त्यसलाई पनि आयोगले समेट्नुपर्ने बताए । विधेयकले संविधानको मर्म समेटे पनि कतिपय सुधार आवश्यक भएको उनले औँल्याए । उनले भने, “प्रदेश सरकारको पनि नीतिगत निर्णयमा आयोगको क्षेत्राधिकारमा नपर्ने विधेयकमा उल्लेख भएकामा त्यो हटाउनुपर्छ ।”

वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले विधेयकमा उल्लेख भएका नीतिगत र विषयगत विषयमा कुन कुन विषय पर्छन् भनी अझै छलफल गर्नुपर्ने बताउनुभयो । नेपालले भ्रष्टाचार विरुद्धको अभि सन्धि अनुमोदन गरेकाले त्यसको कार्यान्वयन पनि विधेयकको आवश्यकता रहेको बताए । पूर्वमन्त्री रमेश लेखकले विधेयकले सार्वजनिक संस्थाको पुनः परिभाषा गरी विस्तार गरेको बताए ।

त्यस्तै, यसमा कसुर र सजाय, अनुसन्धान र अभियोजन, हदम्याद लगायतका कुराको संशोधन गरेको छ । उनले भने, “विधेयकले रिसवत मनाई दिने बिचौलियालाई समेत समेटेको छ ।” ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले गैरसरकारी संस्थालाई पनि आयोगको अधिकार क्षेत्रमा समावेश गर्नुपर्ने बताए ।

IME Lifesidebar
kumari