stcnepal long ad
global ime bank long

उपत्यकामा गाडी चलाउन आजदेखि ‘टाइम कार्ड’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २८ गते आइतबार

काठमाडौँ । आजदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ। आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा टाइम कार्ड लागू गरेर तोकिएको समयमा मात्र सवारी साधन सञ्चालन गर्न दिइने भएको हो । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी लगायतका सरोकारवाला निकायहरूबिच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार निर्माण सामाग्री बोकेका ठूला सवारीसाधन उपत्यका भित्र राति ८-६ बजेसम्म  प्रवेश गरिसक्नुपर्ने समय तोकिएको छ। अन्य समयमा सञ्चालनमा रोक लगाउने निर्णय भएको छ।  ढकालका अनुसार सरकारी कार्यालयलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र घर फर्कन बेलुकी ५ बजेदेखि ६ बजेसम्म समय निर्धारण गरिएको छ ।

त्यसै गरी बैङ्क, वित्तीय संस्था बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्नेछ ।

तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभन्दा पहिल्यै ढुवानी गरिसक्नुपर्ने छ भने निमाण सामाग्री बोकेका ठुला सवारीलाई बेलुका ८ बजेपछि मात्र बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् ।

औषधि र खानेपानीको सवारी साधनको हकमा भने टाइम कार्ड लागू हुने छैन ।

 

 

IME Lifesidebar
kumari